अछामको मंगलसेनमा टोल सुधार समिति गठन

नजिक न्युज संवाददाता    

अछामको मंगलसेनमा टोल सुधार समिति गठन

धनगढी :अछामको मंगलसेन नगरपालिकामा टोल सुधार समिति गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित डाँडागाँउ टोलमा टोल सुधार समिति गठन गरिएको हो । 

समितिले मदिरा सेवन गरि हो–हल्ला गर्ने सर्वसाधारणलाई ३ हजार, कर्मचारी, समाजसेवी र बुद्धिजीवीलाई ५ हजार जरीवाना गरिने र जाँडरक्सी सेवन गरी होहल्ला तथा हिंसात्मक क्रियाकलाप गरेकोे कुनै महिलाले लुकाएमा स्वयम् महिलाले ५ हजार जरिवाना तिर्नुपर्ने निर्णय पारित गरेको बताइएको छ । 

समाजमा हुने गरेका महिला हिंसा, लैङ्गिक विभेद, छाउपडि प्रथा जस्ता कुरीति एवम् कुप्रथा नियन्त्रणका लागि समिति गठन गरिएको बताइएको छ । गठित समितिले त्यहाँको प्रहरीको सहायतामा समाजका हिंसात्मक गतिविधि नियन्त्रण गर्ने, अवैध घरेलु मदिरा न्यूनीकरण गर्ने र छाउपडि प्रथा अन्त्य गर्नेलगायतका कामहरुमा सक्रियता बढाउने जनाइएको छ । 



आइतबार १६, फागुन २०७७ १०:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.