विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी, केन्द्रीय प्रसारण लाइन जडान नभएसम्म ताला नखोल्ने चेतावनी

बत्ती बारे गुनासो सुनाउन पुगेका आन्दोलनकारीको माग नसुनेपछि त्रिवेणीका व्यवस्थापक पाँच घण्टा कार्यकक्षमै थुनिए

नजिक न्युज संवाददाता    

विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी,  केन्द्रीय प्रसारण लाइन जडान नभएसम्म ताला नखोल्ने चेतावनी

बाजुरा : विद्युत लाइन विस्तारको माग सहीत नेपाल विद्युत प्राधिकरणको बाजुरा स्थित कार्यालयमा ताला बन्दी गरिएको छ । कार्यालयमा नेकपा निटक विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले तालाबन्दी गरेको हो । 

प्राधिकरणको कार्यालयमा तालाबन्दी लगत्तै युवा विद्यार्थीले विजुली बत्तिको मागसहीत बजारमा नारा जुलुस प्रर्दशन गरेका थिए । भने त्रिवेणी साना जलविद्युत कार्यालयमा पुगेर धर्ना समेत दिएका थिए । माग बारे जानकारी गराउने भन्ने विषयमा त्रिवेणीका व्यवस्थापक दयाराम पण्डितले जिम्मेवार अभिव्यक्ति नदिएपछि कार्यकक्षमै थुनेर तालाबन्दी गरिएको थियो । 

प्रहरीले लगत्तै ताला खोलेपनि युवा विद्यार्थीको दबाबमा फेरि कार्यकक्षमै प्रहरी र कार्यालय प्रमुख दयाराम पण्डितलाई पाँच घण्टासम्म थुनिएको थियो । तालाबन्दी र कार्यकक्षमै थुनिएको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा त्रिपक्षीय छलफल गरेपनि सहमति हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन् ।

छलफलबाट कार्यकक्षमै प्रहरी र कार्यालय प्रमुख थुन्ने बाध्यता स्वयम कार्यालय प्रमुखकै अभिव्यक्ति प्रमुख कारण भएकोले दुबैपक्षबाट समझदारी गरेर छलफलबाट त्रिवेणीमा लगाएको ताला खोल्ने सहमति भएको छ । तर प्राधिकरणमा लगाएको ताला भने ठोक निर्णय नआएसम्म र केन्द्रीय प्रशारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म नखोल्ने अडानमा युवा विद्यार्थी देखिएका छन् ।

कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विजुली बाल्ने ग्यारेन्टी नदेखाएसम्म र ठोस कार्य योजना सहीत विश्वास उपल्लो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नेकपा युवा नेता नरेन्द्र थापाले बताएका छन् ।

प्राधिकरणका कर्मचारीले क्षेत्रीयमा जानकारी गराई सकेको, कार्यालय प्रमुख बंगलादेश गएकोले आउँदा सम्म खुला गर्न अनुरोध गरेपनि निर्णायक आन्दोलन र वारपारका लागि तालाबन्दी गरिएकोले अनुरोध मान्न युवा विद्यार्थी तयार नभएको युवा संघका संयोजक पुष्कर शाहले बताएका छन् ।

No description available.विद्युतको गुणस्तर सुधार गर्न त्रिवेणी साना जलविद्यतु केन्द्रको सामथ्र्य नभएको र प्राधिकरणले आफ्नो स्वामित्वमा लिएर वा विद्युत सापटी दिएर सेवामा गुणस्तरको ग्यारेन्टी र प्राधिकरणको विजुली मार्तडीमा जलाउने ग्यारेन्टी नभएसम्म तालाबन्द जारी राख्ने र चुनौति मोल्न तयार रहने गरी आन्दोलन सुरु गरिएको अनेरास्ववियुका संयोजक राजीव रोकायाले बताएका छन् ।

ठोस निर्णय नआएसम्म आन्दोलन जारी राख्ने अडान पछि ताला खोल्ने प्रहरी प्रशासनको प्रयास असफल भएको हो । सिंगो देश उज्यालोमय बनिरहेको बेला बाजुरा जिल्ला सदरमुकाम मार्तडी दिनप्रतिदिन अँध्यरो तर्फ धकेलिदै गएको विरोधमा युवा विद्यार्थीले तालाबन्दी गरेको बताएका छन् । 

मार्तडीको विद्युत नियमित र गुणस्तरीय बनाउन निर्णायक आन्दोलनका रुपमा कार्यालयमा तालाबन्दी गरिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् । युवा विद्यार्थीले शरिरमा महशुल लिने सुविधा नदिने नियत विरुद्धको आन्दोलन हो, सेटिङमा चलेको विद्युतको स्वामित्व प्राधिकरणले लिनु पर्ने, मार्तडी अँध्यरो छ, पढ्न हाम्लाई गाह्रो छ ! उज्यालो खोज्न हामी यता जस्ता प्लेकार्ड टाँसेर विरोध गरेका थिए ।

प्राधिकरणको कार्यालय स्थापना गरिएको, लाइन विस्तार गरिएको, विस्तारित लाइनको परिक्षण समेत सफल भएको डेढ वर्ष बितिसक्दा पनि विद्युत जडानको ठोस योजना र प्रक्रिया थालनी नगरिएको आरोप युवा विद्यार्थी संगठनको छ ।

नेकपा नेता नरेन्द्र थापा, अनेरास्ववियुका संयोजक राजीव रोकाया र युवा संघका संयोजक पुष्कर शाह सहीत ५० जना बढी युवाहरु कार्यालयमै पुगेर तालाबन्दी गरेका थिए । भने त्रिवेणीमा पुगेर नारा जुलुस सहीत कार्यकक्षमै ताला लगाएर कार्यालय प्रमुख र प्रहरीलाई थुनेका थिए ।

आफ्नै कार्यालयमा समेत विद्युत नहुँदा समेत लाइन विस्तारमा मौन देखिनु,  कर्मचारीको लापरवाही नै प्रमुख कारण देखिएकोले बाध्य भएर निर्णायक आन्दोलनका लागि तालाबन्दी गरिएको हो । प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले विद्युत प्राधिकरण, त्रिवेणी साना जलविद्युत केन्द्र, युवा विद्यार्थीका प्रतिनिधी राखेर छलफल गरेको थियो ।

No description available.लाइन विस्तार गर्ने, कार्यालय स्थापना हुने तर विद्युत जडान कार्य र सेवा प्रवाहमा ढिलाई हुनु दुखत विषय भएकोले नेपाल विद्युत प्राविधिकरण र त्रिवेणी साना जलविद्युत केन्द्रको सम्झौतामा चलिरहेको विद्युतको स्वामित्व पुनः विद्युत प्राधिकरणको जिम्मा लिएर सेवा दिने विश्वासीलो आधार नआएसम्म तालाबन्दी खोल्ने पक्षमा आफूहरु नरहेको युवा विद्यार्थीले बताएका छन्  । प्रहरी प्रशासनले दबाब दिन खोजे जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार हुने अडान युवा संघ र अनेरास्ववियुको छ ।

No description available.



आइतबार ०९, फागुन २०७७ ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.