कार्यकक्षमै थुनिए त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख र प्रहरी हवल्दार

नजिक न्युज संवाददाता    

कार्यकक्षमै थुनिए त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख र प्रहरी हवल्दार

बाजुरा : विद्युत नियमित नभएको भन्दै नेकपा निकट युवा र विद्यार्थीले विद्युत कार्यालयमा तालबन्दी गरेका छन् । जिल्ला सदरमुकामा मार्तडीलगायत अन्य स्थानका बासिन्दालाई नियमित विद्युत उपभोग गर्न नदिएको भन्दै युवा र विद्यार्थीले ताला लागएका हुन । 

युवा संघ र अनेराविस्वयूका विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना प्रहरी हवल्दार कार्यालय प्रमुखको कार्यकक्षमै थुनेर ताला लगाएका छन् ।

अनेरास्ववियूका विद्यार्थी र युवा संघका युवाहरुले विद्युत नियमित गर्नु पर्ने माग राख्दै कार्यालयमा तालाबन्दी गरेका अनेरास्ववियूले जनाएको छ । विद्युत नियमित नहुन्जेल ताला नखोल्ने पनि बताएको छ । कार्यालय प्रमुख पण्डित र एकजना प्रहरी हवल्दार तीन घण्टादेखि कार्यालयमै थुनिएका छन् ।       



आइतबार ०९, फागुन २०७७ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.