बाजुरामा विद्युत अनियमित, नेकपा निकट युवा र विद्यार्थीले लगाए विद्युत कार्यालयमा ताला

नजिक न्युज संवाददाता    

बाजुरामा विद्युत अनियमित, नेकपा निकट युवा र विद्यार्थीले लगाए विद्युत कार्यालयमा ताला

बाजुरा : विद्युत अनियमित भएपछि नेकपा निकट युवा र विद्यार्थी विद्युत कार्यालयमा ताला लगाएका छन् । त्रिवेणी साना जल विद्युत केन्द्रको कार्यालयमा युवा र विद्यार्थीले तालाबन्दी गरेका हुन ।

जिल्ला सदरमुकाम मार्तडीका सर्वसाधारण जनतालाई नियमित विद्युत उपभोग गर्न नदिएको भन्दै उनीहरुले विद्युत कार्यालयमा ताला लगाएका छन् । लामो समयसम्म विद्युत बेला बेलामा मात्र दिने र आफ्नो मनपरी हिसाबले विद्युत चलाउने भएपछि युवा र विद्यार्थीले ताला लागाएर आन्दोलनमा जुटेका हुन । 

नेकपा निकट युवा संघ नेपाल र अनेरास्ववियूका युवा र विद्यार्थीहरुले विद्युत नियमित गर सर्वसाधारण जनता नियमित विद्युत उपभोग गर्नदे भन्दै आन्दोलन समेत गरेका छन् । जिल्ला सदरमुकाम मार्तडीमा विद्युत नियमित नहुन्जेलसम्म ताला नखुलाने र आन्दोलन गर्ने चेतावनी दिएको छ ।

विद्युत अनियमितले गर्दा उपभोक्तालाई काम गर्न र विद्यार्थीलाई पढाईमा असज हुदाहुदैपनि अहिलेसम्म कसैले पनि वास्ता गरेको थिएन् । मनपरी ढंगले विद्युत संचालन गर्ने र अनियमित विद्युत कटौती हुनथालेपछि नेकपा निकट युवा र विद्यार्थीले विद्युत कार्यालयमा तालाबन्दी गरेको अनेरास्ववियूले जनाएको छ । युवा र विद्यार्थीले विद्युत नियमित गर्नु पर्ने माग राखेका छन् ।   



आइतबार ०९, फागुन २०७७ ०२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.