नेकपा नेता भरत थापाले मनाए अनाथ आश्रममै पुगेर जन्मदिन

नजिक न्युज संवाददाता    

नेकपा नेता भरत थापाले मनाए अनाथ आश्रममै पुगेर  जन्मदिन

बाजुरा :  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका नेता भरत थापाले अनाथ बाल आश्रम मै पुगेर आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनमा हुने खर्च कटाएर सो बराबरको शैक्षिक सामाग्री सहयोग सहीत अनाथ बालबालिकासँगै बसेर थापाले आफ्नो जन्मदिन मनाएका हुन् ।

No description available.थापा बुढीगंगा नगरपालिका २ मा पर्ने कन्सन बाजुराले सञ्चालन गरेको बाल आश्रममा शैशिक सामाग्री सहीत पुगेका थिए । साथीसंगी बसेर पनि जन्मदिन मनाउँदा पनि खर्च भइहाल्छ, तर त्यो खर्चले केही प्रतिफलका लागि हुदैन्, मात्र व्यक्तिगत रमाइलोका लागि हुन गर्छ, त्यसैले यो वर्षबाट अनाथ बाल आश्रममा मनाउने निर्णय गरेँ, थापाले भन्नु भयो ।

आश्रममै पुगेर नेता थापाले बाँकी उमेरका सबै जन्मदिन कन्सन बाजुराले सञ्चालन गरेको बाल आश्रममै पुगेर अनाथ बालबालिकासँगै मनाउने उद्घोष गरेका छन् । सहयोग थोरै गर्न सकिएला, तर यो वर्षदेखि बालबालिकासँगै जन्मदिन मनाउने प्रतिवद्धता थापाले गरेका छन् ।

आफ्ना सन्तानका लागि मात्र सोच्ने समाजमा केही नयाँ र फरक गरिरहेको कन्सन बाजुराको टिमसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै थापाले अनाथका शैक्षिक विकास र जीवन सुरक्षाका लागि सक्ने सहयोग गर्न वचन दिएका छन् ।

जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष समेत रहेका थापाले जीवन लिनका लागि मात्र नभई दिनका पनि हो, भन्ने सन्देश दिन सानो सुरुवाद गरेको बताएका छन् । हरेक व्यक्तिले आफ्ना लागि मात्र नभइ अरुका लागि सोच्न आवश्यक रहेकोले बाल आश्रम सञ्चालन गर्न मनकारीहरुको सहयोग जरुरी रहेको बताएका छन् । 

दुई दशक राजनीतिमा बिताएका थापाले आफूले व्यक्तिगत र संस्थागत पहल जारी राख्ने आश्वासन समेत दिएका छन् । अनाथ बालबालिकासँगै जन्मदिनसँगै जन्मदिन मनाउन पाउँदा खुसी लागेको थापाको भनाई छ । बालबालिका पनि खुसी भएका थिए । 

No description available.कन्सन बाजुरामा हाल १२ जना अनाथ बालबालिका रहेका छन् । ती सबैलाई संस्थाका अध्यक्ष बहादुर थापा सहीतको टिमले खर्च तथा अन्य व्यवस्थापन गरिरहेको छ । सबैतिरबाट सहयोग आउने अपेक्षा सहित सुरुवाद गरियो, अहिले ठूलो चुनौति बेहोर्नु परेको कन्सनका अध्यक्ष बहादुर थापाले दुखेसो छ ।

बस्ने आवास निर्माण भएपनि शैक्षिक सामाग्री, लुगा कपडा, खानपान र स्वास्थ्य उपचारका चुनौति देखिएको छ । राज्यका निकायबाट सोचजस्तो सहयोग भएको छैन् । जसका कारण अनाथ बालबालिकाको लालन पालनका लागि ठुलो समस्या देखिएको छ । 



बिहिबार ०६, फागुन २०७७ ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.