चिरञ्जीवी शाही बामदेवको एकता अभियानको जिल्ला इन्चार्ज, हिक्मत शाहीको नाम पनि एकताकै सूचीमा

नजिक न्युज संवाददाता    

चिरञ्जीवी शाही बामदेवको एकता अभियानको जिल्ला इन्चार्ज, हिक्मत शाहीको नाम पनि एकताकै सूचीमा

बाजुरा : वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको पक्षमा बाजुराका ६ जना नेताको नाम समावेश गरिएको छ । गौतम संयोजकत्वमा रहेको अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पूर्व सांसद हिक्तम बहादुर शाही, स्वामिकात्र्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही सहीत ६ जनाको नाम उल्लेख गरिएको छ ।

एकता अभियानले ६६७ केन्द्रीय सदस्यको अन्तिम रुपम दिएर सूची सार्वजनिक गरेको हो । गौमत संयोजक रहेको अभियानमा सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा रहेका छन् ।

पदाधिकारी बाहेक समितिका सदस्यहरुको नामावली वर्णानुक्रमअनुसार राखेर सूची सार्वजनिक गरिएको हो । जसमा हालसम्म दुबै समूहमा नदेखिएका पूर्व एमाले सांसद हिक्मत बहादुर शाहीको नाम उल्लेख छ । शाही एमाले विभाजन हुँदा वामदेव समूहमा रहेपनि पछिल्लो समय माधन नेपाल समूहसँग निकट थिए । 

स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही बाजुरा जिल्लाको इन्चार्जको भूमिका सहीत अभियानको केन्द्रीय समिति सदस्य बनेका छन् । चिरञ्जीवी शाही र हिक्मत बहादुर शाही सहोदर दाजुभाइ हुन् । अध्यक्ष शाहीले आफूलाई इन्चार्ज नै हुने गरी सल्लाह नभएपनि एकताको पक्षमा रहेकोले अन्यथा नभएको बताएका छन् ।

जनताको भरोसा जित्न र समृद्धीको अभियानलाई गन्तव्यमा पुर्याउन पार्टी एकता जरुरी रहेकोले त्यसैको पक्षमा रहेको शाहीको भनाई छ । जनप्रतिनिधि पद नै साझा भएको एकता अभियानमा रहेको भने शाहीले स्वीकार गरेका छन् । 

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाह कुनै समूहको कार्यक्रममा नदेखिएपनि प्रचण्ड माधव समूहमा खूल्ने अनुमान गरिएको थियो । एकता अभियानको केन्द्रीय सदस्यमा नेकपा जिल्ला कमिटी सदस्य शेरबहादुर शाही, भावक शाही, वकिल बहादुर शाही र हरि जोशीको नाम पनि उल्लेख गरिएको छ ।

सामाजिक क्षेत्रमा सक्रिय शेरबहादुर शाही केही दिन पहिले मात्र प्रचण्ड माधव समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अतिथि दिर्घामै बसेका थिए । कार्यक्रम जता गएपनि आफू एकताको पक्षमा रहेको शाहीले बताएका छन् । 

हिक्मत बहादुर शाही, चिरञ्जीवी शाही एकता अभियानमा सामेल भए स्वामिकार्तिक खापर गाउँपालिकाको अभियानले नयाँ तरंग लिने देखिएको छ । तर स्वयम हिक्मत शाहीले भने आफू अहिले नै कुनै पक्षमा खुल्ने अवस्था नरहेको बताएका छन् । मलाई अफर आएको हो, मैले अहिले नै खुल्ने मानसिकता बनाइसकेको छैन्, बेला आए खुल्छु, शाहीले भने । तर शाहीको नाम भने १७५ नम्बरमा राखिएको छ ।  



मङ्गलबार ०४, फागुन २०७७ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.