युवा व्यवसायी झरेन्द्र ओली बने राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्य

नजिक न्युज संवाददाता    

युवा व्यवसायी झरेन्द्र ओली बने राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्य

बाजुरा : युवा व्यवसायी एवं जेबी मिडियाका सञ्चालक झरेन्द्र बहादुर ओली नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ केन्द्रीय सदस्यमा चयन भएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको काठमाडौंमा सम्पन्न केन्द्रीय भेलाबाट ओली केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निटक व्यवसायीको भेलाले नयाँ नेतृत्व चयनसँगै देश व्यापी संगठन निर्माणको अभियान थालेको छ । छाटो समयमै सफल व्यवसायीको सूचीमा पर्न सफल ओली बाजुराका स्थापीत व्यवसायी हुन् । 

जेबी मिडिया सञ्चालन गरेर छापा तथा प्रकाशन सम्बन्धी व्यवसायी गर्दै आएका ओली, पछिल्लो समय ब्राण्डेट लुगा, कपडा र जुत्ता चप्पल पनि सहीत शैक्षिक र खेल सामाग्री विक्री वितरणको कारोबार गरिरहेका छन् ।

काठमाडौंमा ग्राफिक डिजायन पेशा अँगालेका ओली पछि आफै बिजेनेश हाउस सञ्चालन गरेर सफल व्यवसायीको परिचय दिन सफल छन् । आफ्नै प्रालिमा १२ जना बढीलाई रोजगार दिन सफल ओली छोटो समयमै स्थापीत व्यवसायी बन्न सफल छन् ।

तत्कालिन नेकपा एमाले निकट बाजुरा काठमाडौं सम्पर्क मञ्चमा समेत काम गरिसकेका ओलीले आफ्नो पेशागत संगठनबाट राजनीति थाल्ने सोच बनाएका हुन् । आफ्ै पेशा व्यवसायी अनुकुल संगठनमा बसेर काम गर्ने इच्छा अनुसार नै संगठनमा आवद्धता लिएको ओलीको भनाई छ ।



सोमबार ०३, फागुन २०७७ ०७:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.