बाजुराः बुढिनन्दा नगरपालिकाले पारदर्शितालाई जोड दिदैँ सामाजिक सुरक्षा भत्ता अबबाट बैंक मार्फत वितरण गर्ने निर्णय गरेको छ । सामाजिक भत्ता लिने ९ वटै वडाका नागरिकलाई बैंक मार्फत सामाजिक सुरक्षाको रकम वितरणको तयारी नगरपालिकाले गरेको हो ।
नगरपालिकाका हरेक क्रियाकलापलाई बैंक प्रणाली र प्रविधिमैत्री बनाउँदै जाने उप–प्रमुख सृष्टी रेग्मीले बताएकी छन् । अब भत्ता पनि बैंकले वितरण गर्छ, यसले पारदर्शितालाई थप मजबुत बनाउने विश्वास लिएको बताईन् ।
केही जनप्रतिनिधिको रोहबरमा वडा सचिव मार्फत नगद हातहातै वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यसै आर्थिक वर्षको दोस्रो चौमासिकदेखि बैंकबाट वितरण गर्ने तयारीमा लागेको बताईएको छ ।
नगर उप–प्रमुख रेग्मीले भनिन् यस अघि हातहातमै वितरण गर्दा १७% रकम अनियमिता हुने गरेको थियो । अब बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रिया सुचारु गरे पश्च्यात न्यूनीकरण हुने विश्वास गरेको बताइन् ।
एक औपाचारिक कार्यक्रमका बिच रेग्मीले एक जना वृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम प्रदान गर्ने चेक हस्तान्त्रण गर्दै बैंकिङ सेवा सुचारु गरेको हो ।
प्रतिकृया दिनुहोस