प्रेस संगठन सुदूरपश्चिम प्रदेश संयोजकमा कृष्ण ओली

नजिक न्युज संवाददाता    

प्रेस संगठन सुदूरपश्चिम प्रदेश संयोजकमा कृष्ण ओली

बाजुरा : प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा बाजुराका क्रियाशिल पत्रकार कृष्ण ओली सुदूरपश्चिम प्रदेश प्रेस संगठनकाे संयोजकमा निर्विरोध चयन हुनभएको छ ।   

नेकपा ओली समूह निकट प्रेस संगठन नेपालको बिहीबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सुदूरपश्चिम प्रदेश संयोजकमा ओलीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । 

पत्रकारिता क्षेत्रमा अव्बल भएका ओलीलाई प्रेस संठगन केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले ओलीलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको प्रेस संगठन नेपालले जनाएको छ ।  

बिहीबार ओली पक्षले काठमाडौंमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय भेलापछि यस भन्दा पहिले प्रेस संगठनको सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएका व्यक्तिहरुले संगठनको हित विपरित कार्य गरेकाले कारबाही गर्दै ओलीलाई संयोजकमा चयन गरेको बताइएको छ । 

ओली नेपाल पत्रकार महासंघ बाजुराका पुर्व सचिव,रेडियो बाजुराका स्टेशन म्यानेजर, जिल्लाबाटै संचालन भईरहेको नजिक न्युज अनलाइनका प्रकाशक÷सम्पादक र नागरिक दैनिक समाचारदाताका रुपमा कार्यरत  छन् ।

नेतृत्वको क्षमता र सबैलाई मिलाए लैजान सक्ने ओलीको स्वभाव रहेको छन् । अहिले सामाजिक संजालमा ओलीलाई आफन्त, शुभचिन्तक, सहकर्मीहरुले बधाई दिनेका ओइरो लागेको छ । 
 



शुक्रबार ०९, माघ २०७७ ०३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.