गौमुलमा सहास नेपालद्धारा धुवाँरहित चुलो र विद्यालयलाई बेन्च, टेबुल सहयोग

नजिक न्युज संवाददाता    

गौमुलमा सहास नेपालद्धारा धुवाँरहित चुलो र विद्यालयलाई बेन्च, टेबुल सहयोग

बाजुरा : जिल्लाको गौमुल गाउँपालिका आगरका बासिन्दालाई निःशल्कु सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ ।

सहास नेपाल लिफ्ट परियोजनाको सहयोगमा गौमुल गाउँपालिका वडा नं.२ आगरका २५ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको सहास नेपालका कृषि प्राविधिक गोरख खड्काले बताएका छन् ।

सहास नेपालको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानीमा महिलाहरुको स्वास्थ्य असर नपरोस भन्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरेको उनले बताए ।

धुवाँरहित चुलोले यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष फाइदा हुने बताए । खड्काले धुवाँरहित चुलाको उपयोगिता र महत्वका बारेमा समेत बताएका थिए । धुवाँरहित सुधारिएको चुलो एक औपचारिक कार्यक्रमका बीच गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले आगरका २५ परिवारलाई हस्तान्त्रण गर्नु भएको थियो ।  

No description available.महिलाको लागि सहज र धुवाँरहित बनाउनमा सहयोग गरेकोमा उपाध्यक्ष थापाले सहास नेपालाई धन्यवाद व्यक्त गरेकी छन् । थापाले सुधारिएको चुलोले दिदीबहिनीको स्वास्थ्यमा सुधार आउने विश्वास व्यक्त गरिन् । दैनिक चुलो चौकोमा लागिईरहने दिदीबहिनीहरुको धुवाँका कारण विभिन्न स्वास्थ्य समस्या झेल्नु परेको अवस्थामा धुवाँरहति सुधारिएको चुलो प्रयोगले राम्रो परिणाम ल्याउने गाउँपालिका उपाध्यक्ष थापाले बताइन् ।

धुवाँरहित सुधारिएको चेलो पाएपछि स्थानीय खुसी भएका छन् । दाउँराको पनि खपत कम हुने र धुवाबाट लाग्ने रोगबाट पनि बच्ने स्थानीयले बताएका छन् ।

त्यस्तै सहास नेपालले २ वटा विद्यालयलाई ब्यान्चर टेबुल समेत सहयोग गरेको छ । जनज्योति मावि दहकोट र फूलपाटा मावि मल्दुगुनलाई सहयोग गरेको बताईएको छ । जनज्योति मावि दहकोटलाई २० वटा व्यान्च २० टेबुल र फूलपाट मावि मल्लोदुगुनलाई पनि सोही दरले ब्यान्च र टेबुल वितरण गरेको सहास नेपालका कृषि प्राविधिक गोरख खड्काले बताएका छन् ।  

गौमूल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले परम्परागत चुलोबाट निस्कने धुवाँले मानिसको स्वास्थ्यमा असर हुने र दाउँरा बढी चाहिने भएकाले गाउँलाई धुवाँरहित चुलोको गाउँ बनाउने अभियान थालेको बताए । गाउँमा धुवाँरहित चुलो वितरणले स्रोतमाथिको निर्भरता कम हुने र स्वास्थ्यमा पनि सुधार हुने उनको भनाइ छ ।   

वितरण कार्यक्रममा सहास नेपालका कृषि प्राविधिक, गाउँपालिका उपाध्यक्ष सीता थापा, पत्रकार रमित विक र स्थानीय लगायतको सहभागिता रहेको थियो ।

No description available.      
    



बुधबार ०७, माघ २०७७ ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.