बाजुरा : बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा पसल चोरी गरेको आशंकामा एक जना महिला प्रहरीले पक्राउ गरेको छ ।
बडीमालिका नगरपालिका–९ स्थित दुनिहाटबाजारबाट पसल चोरी गरेको आशंकामा पक्राउ पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हाटबजारमा रहेको नरबहादुर धामीको पसल चोरीको आरोपमा बडीमालिका नगरपालिका वडा नं.८ कि जुना रावललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पसल चोरी गरेको जानकारी प्रहरीलाई गरेपछि चोरीको आशंकामा रावललाई पक्राउ गरेको प्रहरीले बताएको छ । रावललाई बाँनिया हाेटेल नजिकबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिकृया दिनुहोस