बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

नजिक न्युज संवाददाता    

बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बाजुरा : बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाजुराको मार्तडीबाट तिपाडा जाँदै गरेको अनटेस्ट ट्रयाक्टर चौराटी खेत नजीक दुर्घटना हुँदा ट्रयाक्टर धनी ६० वर्षीय धननाथ योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगून्नाले बताए । 

जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर ४ छापुका योगीको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको र ट्रयाक्टर चालक भने फरार रहेको उनले बताए । 

गएराती १० बजे सामान लिन तिपाडातिर खालि सिलिन्डर ग्यास लैजाँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको प्रहरी निरीक्षक ठगून्नाले बताए । उनका अनुसार ट्रयाक्टर रोडबाट १०० मिटर तल खसेको थियो ।



मङ्गलबार २८, पुष २०७७ १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.