बडीमालिका नगरपालिकाको आठौं नगर सभा सकियो, आठ कार्यविधी र एक नीति अनुमोदन

नजिक न्युज संवाददाता    

बडीमालिका नगरपालिकाको आठौं नगर सभा सकियो, आठ कार्यविधी र एक नीति अनुमोदन

बाजुरा : बडीमालिका नगरपालिकाले आठौं नगर सभा सञ्चालन गरेको छ । आर्थिक वर्षको सुरुवादपछिको विकास प्रगतिबारे समीक्षा तथा आगामी योजना बारे छलफल सहीत नीति नियम पारित गर्न नगर सभा सञ्चालन गरिएको हो ।

नगर सभाले आठ वटा कार्यविधी र एक वटा नीती सहमति सहीत पारित गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन् । सातौ नगरसभा पछि कार्यपालिकाबाट स्वीकृत भएका कार्यविधीहरुलाई आठौं नगर सभाले अनुमोदन गरेको हो ।

आठौ नगर सभाबाट बडीमालिका नगरपालिका पत्रकार कल्याण कोष स्थापना तथा सञ्चालन निर्देशिका २०७७, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन कार्यविधी २०७७, घर बहाल कर सम्बन्धी कार्य विधी २०७७, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्बनधी कार्य विधी २०७७ पारित गरेको छ ।

यस्तै मेलमिलाप केन्द्र सञ्चालन कार्यविधी २०७७, लैङ्गिक हिंसा निवारणको सञ्चालन तथा व्यवस्थापन कार्य विधी २०७७, कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्य विधी २०७७, उर्जा उप समिति गठन तथा सञ्चालन कार्य विधी अनुमोदन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

नगरसभाबाट उर्जा नीति २०७७ समेत अनुमोदन गरिएको छ । नगरसभाले बडिमालिका नगरपालिका–९ मा रहेको क्रियटर जोन एकेडेमीलाई कार्यपालिकाको ५५ औं बैठकको निर्णयनुसार कक्षा ११ को कक्षा सञ्चालनका लागि अनुमति दिने निर्णय समेत पारित गरेको छ ।

 राजस्व समिति संयोजक तथा नगर उप प्रमुख कविता विष्टले प्रस्तुत गरेकोे अनुमानित आम्दानी र खुद आम्दानी तथा खर्चको विवरण पनि अनुमोन गरेको छ । विकास साझेदार, कोभिड–१९ व्यवस्थापन तथा बाढी पहिरोमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन प्रस्ताव समेत पारित गरिएको छ । 

कोभिड–१९ को संक्रमणका बेला सहयोग गर्ने गैर सरकारी संस्था, क्वारेन्टाइन व्यवस्थापन गर्ने विद्यालय, स्वास्थ्य संस्था, सञ्चार माध्यमलाई धन्यवाद दिने प्रस्ताव पारित गरिएको हो । 

नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा  भएको नगर सभामा नगर उप प्रमुख कविता विष्ट, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी र पत्रकारहरु उपस्थित थिए । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले नगर सभा सञ्चालन गरेका हुन् । साथै नगरसभाका सदस्य एवं वडा २ का वडा अध्यक्ष डम्मर महतका आमा बेपत्ता भएको घटनाप्रति गहिरो समबेदना नगरसभाले व्यक्त गरेको छ । 

यस्तै  घरबहाल कर २० लाख अनुमानित गरेकामा १ लाख ८५ हजार ७ सय ५८ आम्दानी भएको छ । बहाल कर भने १५ हजार ५ सय राखिएकोमा यसमा आम्दानी नभएको उपप्रमुख विष्टले सभामा प्र्रस्तुत गर्नुभएको छ ।

 मुल्य अभिवृद्धि कर ७ लाख ४९ हजार ८ सय १७ तोकिएकोमा २५ हजार एक  सय ७८, सवारी साधान कर १३ लाख ७ हजार ८ सय, मनोरञ्जन कर १५ हजार ५ सय, व्ययसाय कर ३५ हजार, यिनीहरुमा कुनै पनि आम्दानी नभएको उहाँले जानकारी गराउनुभएको थियो । 

अन्तराष्ट्रिय अन्तर सहकारी संस्थाबाट चालु अनुदान १० करोड ४१ लाख २ सय अनुमान गरिएको भएपनि यसमा पनि आम्दानी नभएको देखिएको छ । समानिकरण अनुदान संघबाट १० करोड ६१ लाख अनुमान गरिएकोमा अहिले सम्म ७२ लाख आन्दानी भएको छ । त्यसैगरी समानीकरण प्रदेशबाट ६८ लाख ६९ हजार छ भने यसबाट आम्दानी नभएको बताईएको छ । त्यसैगरी शसस्त्र अनुदान चालुमा १५ करोड ९३ लाख छ । 

विषेश अनुदान चालु तर्फ ६१ करोड ८ लाख, विषेश अनुदान चालु प्रदेश ६८ लाख, सम्पुरक चालु प्रदेश १ करोड ५० लाखमा, २३ लाख आम्दानी भएको विष्टले प्रस्तुत गर्नुभएको प्रतिवेदमा देखाईएको छ । 

प्रसाशनिक सेवा शुल्क ५० हजार, पार्कीगं शुल्क ८० हजार यसमा शुन्य आम्दानी छ । बसपार्क शुल्क ३५ हजार राखिएकोमा आम्दानी भएको छैन, सिफारिस दस्तुर शुल्क ३ लाख ५० हजार अनुमानित गरिएकोमा ५ लाख ४ हजार ४६ रुपीयाँ आम्दानी भएको छ । 

व्यक्तिगत घटना दस्तुर शुल्क एक लाख अनुमानित राखिएकोमा ८ हजार एक सय २५ रहेको छ । नाता प्रमाणित दस्तुर २० हजार राखिएकोमा १३ सय आम्दानी भएको छ । अन्य राजस्व १० हजार राखिएकोमा २ सय मात्र आम्दानी भएको छ । सामाजिक सुरक्षा भत्ता संरक्षण भनेर २ करोड ६४ लाख ६५ हजार राखिएकोमा १ करोड ६२ लाख ५७ हजार २ सय ३ रहेको छ । 

कोभिड १९ कोषमा ९१ लाख ९ सय २६ राखिएकोमा ३१ हजार ३ सय ४४ आम्दानी भएको छ । युनिसेफ बाल संरक्षण भनेर ४२ लाख ४२ हजार भनिएकोमा आम्दानी भएको छैन । युनिसेफ खानेपानी सरसफाई भनेर ९१ लाख १६ हजार ४ सय ८८ भनी राखिएको छ । पोल्ट्रीजेन्सी खातामा  ५९ लाख राखिएकोमा २५ लाख ४ हजार ५ सय ४२ आम्दानी आएको छ । 

बैक खातामा ३ करोड २२ लाख ५८ हजार १ सय ५० रहेको छ भने १ करोड ७३ लाख ९ हजार ६ सय ७० रुपीयाँ आम्दानी भएको छ । जम्मा आम्दानीको २५.६१ प्रतिशत खर्च भएको उपप्रमुख विष्टले सभाअध्यक्ष समक्ष आय व्यय प्रस्तुत गर्नुभएको हो । 
 



सोमबार २७, पुष २०७७ ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.