बैतडी: बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क स्थापना हुने भएको छ। सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
चालु आर्थिक वर्षदेखि नै हेल्थडेस्क स्थापना हुने र यसको तयारी समेत अन्तिम चरणमा पुगेको उनले बताए। हेल्थ डेस्कमा तत्कालका लागि एकजना हेल्थ असिष्टेन्ट र एकजना अनमी खटाउने तयारी भएको स्वास्थ्य प्रमुख भट्टले बताए। हेल्थ डेस्कबाट स्वास्थ्यचौकीस्तरका सेवा प्रदान गरिने बताइएको छ।
प्रतिकृया दिनुहोस