नेकपा बाजुरा जिल्ला कमिटी बैठक आफ्नै पार्टी कार्यालयमा बस्दै

नजिक न्युज संवाददाता    

नेकपा बाजुरा जिल्ला कमिटी बैठक आफ्नै पार्टी कार्यालयमा बस्दै

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराले जिल्ला कमिटी बैठकको आयोजना गरेको छ । जिल्ला कमिटी बैठक पार्टी कार्यालयमै बस्ने पार्टी अध्यक्ष कालीबहादुर शाहले बताएका छन् । 

पार्टी विभाजनको अवस्थामा रहेकोले केहीदिन देखि तालाबन्दी अवस्थामा रहेको बाजुरा पार्टी कार्यालयमा ओली पक्षले खोलेर बैठक गर्न लागेको हो । यस अघि प्रचण्ड माधव समूहले भने कार्यालय बाहिर अपी होटलमा बैठक आयोजना गरेको थियो ।

पार्टी जिल्ला कमिटीको बैठक पार्टी कार्यालयमै आयोजना हुने र सबैको अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको पार्टी सचिव भरत बुढाले बताएका छन् । पार्टी कार्यालयमा यस अघि ओली समूहले तालाबन्दी गरेको आरोप प्रचण्ड माधव समूहले लगाउँदै आएको थियो । 

तर ओली पक्षले पनि तालाबन्दी नगरेको बरु पार्टी कार्यालयमा दाबीको हक अरुसँग नभएको बताउँदै आएको थियो । प्रहरीको सुरक्षामा रहेको कार्यालयमा भोलि नेकपा बाजुरा ओली समूहले बैठक गर्ने बताएको छ । यस बारे प्रचण्ड माधव समूहको भने कुनै प्रतिक्रिया रहेको छैन् । बाजुरामा ओली पक्ष नै बलियो देखिएको छ । 
 



सोमबार २७, पुष २०७७ ०९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.