बाजुरामा नेकपाको विशाल जनसभा, बाजुरामा विभाजनको असर नपरेको दाबी

नजिक न्युज संवाददाता    

बाजुरामा नेकपाको विशाल जनसभा, बाजुरामा विभाजनको असर नपरेको दाबी

बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले मार्तडीमा शक्ति प्रर्दशन गरेको छ । पार्टी जिल्ला कमिटीको आयोजनामा जनसभाको आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेको हो । पार्टी विभाजनको असर बाजुरामा नपरेको र जनताको समर्थन नेकपा ओली समूहतिरै रहेको सन्देश प्रवाह गर्न विशान जनसभा आयोजना गरेको पार्टी अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

नौ वटै स्थानीय तहबाट पाँच हजार बढीको जनमास मार्तडीमा उतारेर पार्टी विभाजनको असर बाजुरामा नपरेको र आकर्षण बढेको सन्देश दिन जनसभा मार्फत सफल भइएको पार्टी केन्द्रीय सदस्य लालबहादुर ओलीले बताएका छन् ।

जनसभाका लागि करिब १ सय बढीको संख्यामा मोटरसाइकल र्याली गरिएको थियो । भने प्रत्येक स्थानीय तहबाट नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको थियो । जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा रहेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य सहदेव बोगटी, दयालबहादुर शाही, बसुन्धरा रोकाया, लालबहादुर ओली, सन्तोषी शर्मा, अजबहादुर मल्ल, लोकेन्द्र शाही, मनलाल खत्री, मिनबहादुर विष्ट, मोती विक लगायत विशिष्ठ अतिथि रहनु भएको थियो ।

बोल्ने बक्ताहरुले बाजुरामा पार्टी विभाजनको कुनै संकेत नदेखिएको बताएका छन् । पार्टी विभाजनको मानसिकता बोकेका केही मान्छेहरु फरक कित्तामा उभिएपनि बाजुरामा फुटको र विभाजनको कुनै संकेत नदेखिने नेताहरुको दाबी छ ।

जनसभामा पनि प्रचण्ड माधव समूहको कार्यक्रममा आएका, युवा विद्यार्थीको जिम्मेवारी बहन गरेका अधिकांश व्यक्तिहरु ओली समूहको कार्यक्रममा देखिएका छन् । जिल्लाका कुनै वडा प्रचण्ड माधव समूह निल जस्तै देखिएको छ ।

पार्टी सचिव भरत बुढाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य बाजुरा कार्यालय सदस्य जनक कुमार बोहराले गर्नु भएको हो । कार्यक्रममा विद्यार्थी नेता नरेश रोकाया, बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मी, विद्यार्थी नेता मोति विक, केन्द्रीय सदस्य मनलाल खत्री, बसुन्धरा रोकाया, अजबहादुर मल्ल, सन्तोषी शर्मा, दयाल शाही, सहदेव बोगटी, लालबहादुर थापा, कर्णबहादुर थापाले संवोधन गरेका थिए ।

राजेश पायलको निर्देशनमा तयार पारिएको साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । जिल्ला समन्वय समितिको प्रागणमा आयोजना गरेको कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो बाजुरा र रेडियो बार्जुले गरेको थियो । 
 



सोमबार २७, पुष २०७७ ०९:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.