नेकपाले भोली मार्तडीमा बृहत जनसभा गर्दै, तयारी पुरा

नजिक न्युज संवाददाता    

नेकपाले भोली मार्तडीमा बृहत जनसभा गर्दै, तयारी पुरा

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराले भोली मार्तडीमा बृहत जनसभा आयोजना गर्ने भएको छ । पार्टीका शिर्ष नेताहरुलाई नै बोलाएर साँस्कृतिक कार्यक्रम सहीत जिल्ला स्तरीय जनसभा आयोजना गर्न लागिएको हो ।

सिंगो जिल्ला कमिटीको अधिकांस संख्या रहेको दाबी गरेको नेकपा बाजुरा ओली पक्षले नौ वटै स्थानीय तहबाट अगुवा कार्यकर्ता, आस्थावना पार्टी सदस्यहरुलाई बोलाएर कार्यक्रम गर्न लागिएको नेकपा पार्टी प्रचार विभाग प्रमुख अमर अड्काले बताएका छन् ।

नेकपा केन्द्रिय सदस्य एवं माननिय लालहादुर थापा मार्तडीमा पुगीसक्नु भएको छ भने प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा आज अछामको साफेमा बस्ने भाली विहान मात्र मार्तडीमा आईपुग्ने नेकपा बाजुरा प्रचार विभाग प्रमुख खड्काले बताए । 

केन्द्रीय सदस्य लालबहादुर थापा र नेकपा सुदुरश्चिम प्रदेश पार्टी अध्यक्ष कर्णबहादुर थापा सहीतका नेताहरुको उपस्थितिमा बहृत् जनसभा आयोजना हुन लागेको उहाँले बताए । जनसभाको लागि सम्पुर्ण प्रसाशनिकदेखि अन्य व्यवस्थापनको तयारी पुरा भईसकेको र भोली विहान ११ बजेबाट कार्यक्रम सुरु हुने बताईएको छ ।  

शुद्धिकरण सहीतको कम्यूनिष्ट आन्दोलनको सन्देश दिनकै लागि जनसभा आयोजना गर्न लागिएको नेकपा बाजुरा सचिव भरत बुढाले बताएका छन् । संसद विघटन र अबका कम्यूनिष्ट आन्दोलन तथा निर्वाचन बारे जनस्तरसम्म जानकारी गराउने लक्ष्य सहीत नेकपा ओली पक्षले आफ्ना कार्यक्रम गरिरहेको छ ।

ओली माथि संसद विघटनको आरोप लागिरहँदा संसद विघटनको औचित्य र पार्टी भित्रका स्वार्थ समूहको असहयोगलाई जनता माझ पुर्याएर शुद्धिकरण सहीतको कम्यूनिष्ट आन्दोलन सुरु गर्न लागिएको नेकपा ओली पक्षको दाबी रहेको छ ।

युवा विद्यार्थी सहीतको सबै जनवर्गिय र पेशागत संगठनका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारीको उपस्थिती अनिवार्य गरिएको छ । यस्तै पार्टी जिल्ला, प्रदेश र पालिका तहका सबै कमिटीका सदस्यलाई पनि अनिवार्य उपस्थितिका लागि निर्देशन जारी रहेको छ । स्वाभिमान र समृद्धिको यात्रा भन्ने सन्देश सहीत जनसभा आयोजना गर्न लागिएको छ ।

भव्य साँस्कृतिक कार्यक्रम सहीत योजना हुने सभालाई नेकपा बाजुराले शक्ति प्रर्दशनका रुपमा लिने देखिएको छ । बहुसंख्यक जिल्ला कमिटी सदस्य र जनताहरु ओलीकै पक्षमा देखिएकोले शक्ति देखाउने गरी कार्यक्रम आयोजना गर्न लागेको छ । 
 



शनिबार २५, पुष २०७७ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.