गाैतम बुद्ध जन्माउने काेखमा कस्ताे ?
गर्भाधान गरिछ्याै आमा !
रावण, रत्नाकार , हिट्लर जन्माउन थालिछ्याै
किन चुपचाप सहन्छ्याै ?
तिम्राे छातिमा बज्र प्रहार गर्दैछन् तिम्रा कुपुत्रहरुले !
घरि नालापानी दिन्छन घरी कालापानी
मरेकालाई ब्युताउछन् ब्युतेकालाई मार्छन ।
स्वदेशीलाई विदेशी बनाउछन् स्वदेशीलाई विदेशी
कस्ताे गर्भाधान गरिछ्याै आमा !
वुद्ध जन्माउने काेखमा रावण
रत्नाकार हिट्लर जन्माउन थालिछ्याै ।
कहिले जनयुद्ध आउँछ ।
रगतकाे खाेलाे बगाउँछ ।
कहिले भुँईचालाे आउछ देश डगमगाउँछ ।
नआउने उहीँ मात्र त हाेनि आमा !
शान्ति र समृद्धि हाम्राे देशमा
पढेकाहरु खाडीमा छन ।
बढेकाहरु चिल्ला गाडीमा छन ।
न्याय नपाएकाहरुलाई स्वर्गकाे ढाेका खुलेकाे छैन रे !
बेला बेलामा ढाेका ढक्ढक्याई रहेका हाेलान् ।
आमा ! शासकहरु थपेर सिंहदरबार दैलाे दैलाेमा लिने भनेर उचालिनु भाे
जनताकाे दैलाेमा त सिंह राख्नु भएछ ।
कस्ताे गर्भाधान गरिछ्याै आमा--------------।
बा काे गाडी चढ्ने रहर अझै पूरा भएकाे छैन ।
मुग्लानबाट साहुकाे भारी बाेक्दा बाेक्दै , तालु खुईलिएछ ।
खुट्टाहरुमा धाँजा फाटिसकेछन ।
उता आमा ठिन्का र झुलाे बाट झराे सल्काउछिन
धमिराले टिन खाए छ ।
जुन चुहिने जीर्ण झुप्राेमा
दुधे बालक काखमा च्यापेर
पुस माघकाे रात कटाउँछिन ।
कति रहर हाेला बिजुली बाल्ने हगि ?
आमा ! कता हरायाे ?
समृद्ध नेपाल सुखी नेपालीकाे नारा कस्ताे ?
गर्भाधान गरिछ्याै आमा ----------।
हिमालदेखि पहाडसम्म तराईदेखि मधेशसम्म पीडित छन नारीहरु
कहिले जङ्गली बाघबाट डराउनु पर्ने
कहिले घरपालुवा दुष्टबाट ।
जल जङ्गल जडिबुटी बेचे यति हाे र ?
मूर्ति समेत कसैले नकिन्ने गरिबी मात्र त हाे आमा !
सकिन्छ ? ए साँईदुवाहरु गरिबी बेचेर देखाउ गाैतम बुद्ध
दशरथ ,गँगलाल शुक्राराज धर्म भिमसेन पृथ्बी ,रामशाह
जनक अझ बि पि पुष्पलाई सञ्जीवनी पिलाउन सकिनाै सकिनाै आमा !
सत्ताधारी हन्तकाललीहरुलाई पीयूष पिलाउँ ।
जलाञ्जली अर्पण गरिदेउँ ।
आमा काेटीकाेटी प्रणाम् समृद्ध नेपाल सुखी नेपाली बनाइदेउँ ।
कविता लेखक: हिरा खड्का (हिमाल)
ठेगाना: त्रिवेणी - ६ बाजुरा,
हाल प्र.अ श्री सगरमाथा मा.वि. शितगङ्गा नगरपािलका-९ बसेनी अर्घाखाँची ।
प्रतिकृया दिनुहोस