बुढीनन्दा नगरपालिकाका पुरोहीत र पुजारीले गरे बाल विवाहमा नजाने प्रतिवद्धता

नजिक न्युज संवाददाता    

बुढीनन्दा नगरपालिकाका पुरोहीत र पुजारीले गरे बाल विवाहमा नजाने प्रतिवद्धता

बाजुरा : धार्मीक आस्थाको धरोहर बुढीनन्दा देवीका पुजारी सहीत नगरपालिका क्षेत्रका पुरोहीत र पुजारीले बाल विवाहको भोजनमा नजाने प्रतिवद्धता व्यक्त गरेका छन् । बाल विवाहले समाजमा नकरात्मक असर परेको र स्वयम व्यक्तिको जीवन नै बर्बाद हुने भोजमा सहभागि नहुने पुरोहित तथा पुजारीले प्रतिवद्धता जनाएका हुन् ।

उमेर नपुगेको बाल विवाहमा साँक्षी बन्न र भोग ग्रहण गर्नमा सहभागि नहुने प्रतिवद्धता सहीत लिखित पत्रमा हस्ताक्ष समेत गरेका छन् । बाल विवाह पछिल्लो समय जिल्लामा भयावह बन्दै गएको छ ।

२० पारी विहे बारी भनिएपनि अधिकांशले १४ वर्षदेखि नै विवाह गर्ने गरेको तथ्याकंले देखाएको छ । बाल विवाह गैर कानुनी भएपनि सामाजिक संरचनालाई नै भत्काउने गरी नयाँ उपाय अपनाइएको बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले बताएकी छन् ।

नगर क्षेत्रका पुजारी, पुरोहीतलाई बोलाएर तीन बुँदे प्रतिवद्धता गरिएको छ । जसमा विहे भएको जोडिको अनिवार्य नागरिकता वा जन्मदर्ता हेर्ने र बाल विवाह भए भोज बहिष्कार गर्ने, विवाह रोक्न सबै पक्ष जिम्मेवार हुने र नमाने कानुनी प्रक्रिया अघि बढाउने सहमतिमा हस्ताक्षर गरेका छन् ।

सबैले तीन बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । बुढीनन्दा नगरपालिकाले सामाजिक समस्याको रुपमा रहेको बाल विवाह रोक्न अभियान नै थालेको छ । नगर भित्र कार्यरत गैर सरकारी निकाय सहीतको सक्रियतामा अभियान सञ्चालन गरिएको उपप्रमुख सृष्टी रेग्मीले बताएकी छन् ।

मुलुकी देवानी सहिंता २०७४ को भाग ३ परिच्छेद १ दफा ७० (१) मा विबाह गर्न २० बर्ष पुरा गरेको हुनुपर्ने कानुनी व्यवस्था छ । उमेर नपुगी बिबाह गराउनेलाई मुलुकी अपराध सहिंता २०७४ को परिच्छेद ११ दफा १७३ (३) बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको ब्यबस्था गरिएको छ । 



आइतबार १९, पुष २०७७ ०८:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.