हप्तादिनसम्म पनि बाजुरामा विद्युत नआउने

नजिक न्युज संवाददाता    

हप्तादिनसम्म पनि बाजुरामा विद्युत नआउने

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीको विद्युत सञ्चालनमा आउन हप्तादिन बढी लाग्ने देखिएको छ । त्रिवेणी साना जलविद्युतको जेनेरेटर नै बिग्रीएपछि मर्मत गर्नमा मात्र हप्तादिन बढी लाग्ने संस्थाका सचिव जनक थापाले बताएका छन् ।

त्रिवेणी बचत तथा ऋण सहकारीद्धारा सञ्चालित विद्युतको मेसिन नै पुरानो भएकोले मर्मतपछि पनि बन्नेमा आशंका गरिएको छ । आजदिन भर प्राविधिकले मर्मत कार्य जारी राखेपनि संभव नभएको र बुटवल लिनु पर्ने त्रिवेणीका सचिव जनक थापाले बताएका छन् । 

जिल्लाकै सदरमुकाम रहेको क्षेत्रमा पनि हप्ता दिन बढी विद्युत नहुँदा दैनिक कामकाज देखि अन्य प्रशासनीक काममा असर पर्ने देखिएको छ । विद्युत निर्माण तीन दशक बितेपनि त्रिवेणीले पुरानै मेसिन चलाइरहेको छ । 

जसका कारण सदरमुकाम बासी बेला बेला अँध्यरोमा बस्न बाध्य छन् । केन्द्रीय प्रशारण लाइनको विस्तार भइसक्दा पनि त्रिवेणीले आफ्नो स्वार्थकै कारण लाइन विस्तारमा अवरोध गरिरहेको आरोप सर्वसाधारण छ । 



बिहिबार १६, पुष २०७७ ०८:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.