सूचनाको हक सम्बन्धी राष्ट्रिय सञ्जाल बाजुरा शाखा गठन

नजिक न्युज संवाददाता    

बाजुरा : बाजुरामा सूचनाको हक सम्बन्धी राष्ट्रिय सञ्जालको शाखा गठन गरिएको छ । पत्रकार कृष्ण ओली संयोजक रहने गरी १३ सदस्यीय समिति गठन गरिएको हो । सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्न तथा सर्वसाधारणलाई सूचनाको हक बारे सचेतना दिन शाखा गठन गरिएको हो ।

सूचनाको हक सम्बन्धी राष्ट्रिय सञ्जालका संयोजक उमिद बागचनको प्रमुख आतिथ्यता र सुदूपश्चिम प्रदेश संयोजक प्रेम ढुंगानाको अध्यक्षतामामा आयोजित जुम भेलाबाट समिति गठन गरिएको हो । 

समितिमा संयोजक कृष्ण ओली, सहसंयोजक प्रेम रौले, सदस्य सचिव संगीता तिमिल्सेना, सदस्यमा धर्मलाल सुनार, सन्तोष शाही, सुरेन्द्र शाही, रमित विक, सन्तोषी रावल, भुवनेश्वरी शाही, चक्रबहादर अयडी, केशव बोहरा सदस्य रहेका छन् । 

पत्रकार प्रेम रौलेले सञ्चालन गर्नु भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी राष्ट्रिय संयोजक उमिद बागचनले सूचना पाउनु सबैका हक भएकोले संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सचेत नागरिकको भूमिका खेल्नकै लागि देशव्यापी सञ्जाल गठन गरिएको बताएका छन् ।

नेटवर्क देशका ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा सञ्जाल गठन तयारी थालिएको संयोजक बागचनले बताएका छन् । सञ्जालको सल्लाहकार समिति पनि गठन गरिएको छ । अधिवक्ता हर्क खडायत संयोजक रहने गरी मदनराज जैशी र प्रमीला थापा सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ । कार्यक्रममा सूचना अभियान्ता शेरबहादुर सार्की पनि सहभागि रहेका थिए ।



बुधबार १५, पुष २०७७ ०८:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.