सुदुरपश्चिममा पुस १५, ‘ठूलीरात’ का रुपमा मनाइँदै

नजिक न्युज संवाददाता    

बाजुरा : आज ‘पुस १५’ बाजुरा सहीत सुदूरपश्चिम बासीले पुसे पन्ध्रका रुपमा मनाइँदै छन् । सुदूरपश्चिममा पुसको १५ को बिशेष महत्व रहने गरेको छ । आज वर्षकै लामो रात हुने भएकोले रातभर जागराम बस्ने र मीठा परिकार पकाएर खाने प्रचलन रहेको छ ।

रातभर जाग्राम बस्ने, (दन्त्य कथ) भन्ने र देउडा खेल्ने चलन रहेको छ । रत बिताउन १५ बढी प्रकारका खानेकुरा पकाएर खाने चलन छ । भने काठका ठुला मुढा संकलन गरेर रातभर आगो ताप्दै रमाइलो गफगाफ गर्ने पनि चलन रहेको छ ।

यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिन्छ । घरमा सेल रोटी पकाउने, मैक वा चामलको ठूलो रोटी हालेर खाने चलन छ । भने छोरी बहिनीले दाजुभाइलाइै बोलाएर मिठो खानेकुरा खुवाउने चलन पनि रहेको छ ।

टोल छिमेकमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ । १५ गतेको बेलुकी प्रत्येकको घरघरमा (ढुकढुके) एक ठुलो बाक्लो रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

कुनै स्थानमा इष्टमित्र र प्रेमी वा मन परेका केटा केटी साथी बोलाएर सँगै बसेर मीठो खाने र रमाइलो गर्ने पनि चलन रहेको छ । आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने गरिएको हो । तर, विश्वभर भने डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने मानिन्छ । 



बुधबार १५, पुष २०७७ ०८:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.