बाजुरा : बझाङबाट बाजुरा आउँदै गरेको जिप दुर्घटनामा परि ६ जना घाइते भएका छन् । जिप खप्तड छेडेदह गाउँपालिका–७ लम्गाउँमा दुर्घटना भएको हो । सदरमुकाम मार्तडी आउदै गरेको म १ ज १८८ नम्वरको जिप दिउँसो दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी चालक सहित ६ जना घाइते भएका छन् । भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते हुनेमा बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाकी २० वर्षीया सरिता राना, दार्चुलाका १८ वर्षीय सुरेश राना रहेको प्रहरी निरिक्षक नाथले बताएका छन् ।
यसैगरी खप्तड छेडेदह गाउँपालिका–६ का २० वर्षीय दिनेश गन्धर्व, २० वर्षीय नरेश गन्धर्व,४० वर्षीय केशव विष्ट रहेका छन् । चालक अर्जुन बुढा समेत घाइते भएको प्रहरीले बताएको छ ।
घाइते मध्ये दिनेश गन्धर्वको अवस्था गम्भीर रहेको बुझीएको छ । घाइतेको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । गन्धर्भदाजुभाई बझाङबाट बेहुली लिएर आउँदै गरेका थिए ।
प्रतिकृया दिनुहोस