कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नजिक न्युज संवाददाता    

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पौने ८ बजेतिरको समयमा पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए । 

उनका अनुसार मृतक चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएकामा राति पौने ९ बजेतिरको समयमा मृत्यु भएको प्रवक्ता थापाले बताए । उनले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताएका छन् ।

त्यस्तै चन्दसंगै मोटरसाइकलमा सवार हात्तीबोझाकै उमेश विष्ट घाईते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चालक बेलौरी नगरपालिका ८ पचुईका हुन् ।



सोमबार ०८, मङि्सर २०७७ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.