शिवम् सिमेन्ट उद्योगमा आगलागी

नजिक न्युज संवाददाता    

शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।



शनिबार ०६, मङि्सर २०७७ ०४:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.