रोहित शर्मा बने २०० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी

नजिक न्युज संवाददाता    

रोहित शर्मा बने २०० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी

काठमाडौं : भारतीय क्रिकेटर रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल )मा दुई सय खल खेल्ने दोस्रो खेलाडी बनेका छन् ।युएईमा भइरहेको १३औं संस्करणको आईपीएलको फाइनल खेलेसंगै रोहितले दुई सय खेल पुरा गरेका हुन् । उनी आईपीएलमा दुई सय खेल खेल्ने रोहित दोस्रो खेलाडी हुन् ।

यसै सिजन चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले २०० आइपीएल खेल खेल्ने पहिलो खेलाडी बनेका थिए । चेन्नाई लिग चरणबाटै आउट भएपनि धोनीले आईपीएलमा सर्वाधिक २०४ खेल खेलिसकेका छन् ।

३३ वर्षीय रोहितले अहिलेसम्म दुई टिमबाट आइपीएल खेलेका छन् । सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका रोहितले मुम्बई इन्डियन्समा गएपछि चार पटक उपाधि जितिसकेका छन् र चारै पटक उनी कप्तान थिए ।

धोनी र रोहितपछि आईपीएलमा सर्वाधिक खेल खेल्नेमा कोलकता नाइट राइडर्सका विकेटकिपर दिनेश कार्तिक छन् । दिनेशले १९६ खेल खेलेका छन् ।चौथो स्थानमा रहेका सुरेश रैनाले १९३ खेल खेलेका छन् । यस सिजन रैनाले आईपीएल नखेलेपछि धोनीले रैनाको कीर्तिमान तोडेका थिए ।

यस्तै विराट कोहलीले १९२,  रोविन उथाप्पाले १८९, रविन्द्र जडेजाले १८४ खेल खेलेका छन् । मुम्बई विरुद्ध फाइनल खेल्दै शिखर धवनले १७६ खेल खेले । युसुफ पठानले १७४ खेल खेलेका छन् । सर्वाधिक खेल खेल्ने सूचीमा शीर्ष दशको दशौँ स्थानमा रहेका एबी डे भियर्सले १६९ खेल खेलेका छन् । रोएल च्यालेन्जर्सबाट खेल्दै आएका डे भिलियर्स आईपीएलमा धेरै खेल खेल्ने विदेशी खेलाडीमा अघि छन् ।



मङ्गलबार २५, कार्तिक २०७७ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.