बाजुराको मार्तडीमा स्टार होटलको झल्को दिने ग्राण्डिज फुडल्याण्ड सञ्चालन

नजिक न्युज संवाददाता    

बाजुराको मार्तडीमा स्टार होटलको झल्को दिने ग्राण्डिज फुडल्याण्ड सञ्चालन

बाजुरा : खाना नास्ताको सम्पूर्ण सुविधा सहीत मार्तडीमा होटल ग्राण्डिज फुडल्याण्ड सञ्चालनमा आएको छ । शहर बजारकै सुविधासम्पन्न होटलको झल्को दिने गरी सुविधा युक्त सेवा सहीतको होटल ग्राण्डिज फुडल्याण्ड प्रालि सञ्चालनमा आएको हो ।  

माग अनुसारका खाना र नास्ताका परिकार, न्यानो आतिथ्यता, सरसफाइ र सुविधा युक्त बसाइ सहीतको व्यवस्था भएको ग्राण्डिज फुडल्याण्ड जिल्ला सदरमुकाम मार्तडीको न्यूरोडमा सञ्चालन गरिएको छ ।  

समय र ग्राहकको माग अनुसार ग्राण्डिज फुडल्याण्ड सञ्चालनमा ल्याएको प्रालिका सञ्चालक चेतनदीप अयडीले बताएका छन् । सोफा सहीतको बसाइ व्यवस्थापन, सुरक्षीत र आरापदायी बसाइ सहीतको माग अनुसार खाना नास्ताका परिकारको सुविधा उपलब्ध गराउने गरी आकर्षण ग्राण्डिज फुडल्याण्ड सञ्चालन गरिएको हो ।

एकै पटक ४० जना बढीले खाना नास्ता खान सक्ने, पारिवारीक वातावरण सहीतको व्यवस्थापन सहीत प्रालि सञ्चालनमा ल्याएको सञ्चालन अयडीले बताएका छन् । विद्यार्थी नेता समेत रहेका अयडीका अनुसार खाना नास्ताकै लागि पनि सुविधा युक्त रेष्टुरेन्ट होटल समेत मार्तडीमा नभएको अवस्थामा आफूले सञ्चालनको आँट गरेको बताएका छन् । 

२० लाख बढीको डेकुरेसनश मै लगानी गरिएको ग्राण्डिज फुडल्याण्ड प्रालिमा भेज र ननभेज सबै प्रकारका परिकार उपलब्ध हुने छन् । भने नेपाली बाहेक चाइनीज, इन्डीयन, कोरियन र अरबीयन खाना नास्ताका परिकार पनि पाइने बताईएको छ ।

सानै उमेरदेखि व्यवसायीमा रुची भएका चेतनदीप अयडीले यस अघि जिल्लामै पहिलो बडीमालिका हाइभिजन सिनेमा हल सञ्चालन गरेका थिए । भने पारिवारीक सहकार्यमा पुस्तकालय र आइएमी सेवा जस्ता व्यापार पनि सञ्चालन गरिरहेका छन् ।

ग्राण्डिज फुडल्याण्ड शनिबारबाट सञ्चालनमा आएको हो । गजल साँझ, पारिवारीक बसाइ, जन्मदिनको पार्टी, साथीसंगीसँगको ग्यादरिगं जस्ता कार्यक्रम गर्न पनि ग्राण्डिज फुडल्याण्डमा सुविधा उपलब्ध रहेको छ । ग्राहकहरुले जिल्लाको इज्जत जोगाउने गरी ग्राण्डिज फुडल्याण्ड सञ्चालनमा आएको प्रतिक्रिया दिएका छन् । 

 

 



आइतबार २३, कार्तिक २०७७ ०४:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.