बार्जु साहित्य संगमले जुरायोे स्रष्टाको आँगनमा रचना वाचन

नजिक न्युज संवाददाता    

बार्जु साहित्य संगमले जुरायोे स्रष्टाको आँगनमा रचना वाचन

बाजुरा : बार्जु साहित्य संगम बाजुराले बुढीगंगा नगरपालिकाको टाँटेमा रचना वाचन कार्यक्रम सञ्चालन गरेको छ । साहित्यका सबै विधाका सर्जकहरुलाई एकै मञ्चमा राखेर रचना वाचन कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लाका दुई दर्जन बढी साहित्यीक स्रष्टाहरुलाई जमघट गराएर बुढीगंगा नगरपालिकाको टाँटेमा रचना वाचन कार्यक्रम सञ्चालन गरिएको सौगाद संगम शाहले बताएका छन् । कार्यक्रम सौगात संगम शाहकै अध्यक्षतामा आयोजना गरिएको हो ।

No description available.सिक्दै गरेका र स्थापीत स्रष्टाहरुलाई एउमटै मञ्चमा राखेर सिकाइ आदान प्रदान तथा भेटघाटका लागि कार्यक्रम आयोजना गरिएको बार्जु साहित्य संगमका पारस बोगटीले बताएका छन् । 

गीत, गजल, कविता, मुक्तक, सायरी जस्ता विधामा स्रष्टाले प्रस्तुती दिएका हुन् । पारख बोगटीले सञ्चालन गरेको कार्यक्रममा सूदूर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष एवं साहित्यकार हर्क खडायत प्रमुख अतिथि थिए । रुगम रावलले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रममा सुदूर साहित्य प्रतिष्ठानका सचिव एवं साहित्यकार तथा रेडियो बाजुराका स्टेशन प्रबन्धक सञ्चार कर्मी कृष्ण ओली र बडिमालिका क्याम्पसका प्रध्यापक नरबहादुर कटुवाल बिशिष्ट अतिथि रहेका थिए । 

भानुदय माविको हलमा आयोजित रचना वाचन कार्यक्रममा बुढीगंगा र त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका स्रष्टा सर्जकको सहभागिता रहेको थियो । न्यानो आतिथ्यता सहीत अग्रह स्रष्टाको सम्मान गरिएको कार्यक्रममा दुई दर्जन बढीले रचना वाचन गरेका छन् ।

साहित्य क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढाउन र पुरानाको सिकाइ हस्तान्त्रण गर्न रचना वाचन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने साहित्यकारण हर्क खडायतले बताएका छन् । युवाहरुको जोशले घट्दै गएको साहित्य प्रतिको आकर्षण बढाउन मद्दत पुग्ने साहित्यकार कृष्ण ओलीले बताएका छन् । रचना सुन्दा बाजुरा पनि अरुभन्दा कम नभएको र साहित्यमा पनि अब्बल देखिएको ओलीको धारणा थियो । 

रचना वाचन कार्यक्रममा नरबहादुर कटुवाल, सौगात संगम शाह, दिपेश समर्पण, सौगाद दिल साउँद, सन्तोष नेपाली, पारस बोगटी, प्रमीला शाह, शोभा थापा, धन्सरा शाही, मिन खड्का, अनिता रेग्मी, सुस्मीता शाही, राजेन्द्र पाध्याय, विनोद उपाध्याय, ईश्वर थापा, सम्झना शाही, सुशिला मिजार, गोरख मिजार, गोरख विक, पारस नेपाली डबल शाहील लगायतले सिर्जना वाचन गरेका थिए । 

No description available.पछिल्लो समय जिल्लामा साहित्यीक कार्यक्रम हुनेक्रम बढेको छ । यसै साता मात्र खप्तड छेडेदह गाउँपालिकाको छेडेदह ताल र ऐतिहासिक कुडिकोट दरबारमा सिर्जना वाचन तथा स्रष्टा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । 



शनिबार २२, कार्तिक २०७७ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.