सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि

कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो ६ सय ३४ जनाको परीक्षण गरिएकोमा कैलालीका ४८ सहित थप ५८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४८ र कञ्चनपुरका ८, डडेल्धुराका १ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

 कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का  ४/४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २/२ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए। यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै लम्किचुहा नगरपालिका–१, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक/एक जनामा जनामा संक्रमण पुष्टि भएको छ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना र शुक्लाफाटा नगरपालिका–१० र बैलौरी नगरपालिकाकाक एक एक जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

त्यसैगरी डडेलधुराको आलिताल गाउँपालिका–८ का १ जना, डोटीको जोरायल गाउँपालिकाका एक जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ।



शनिबार ०१, कार्तिक २०७७ ०६:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.