भारी वर्षाका कारण भारतमा ११ को मृत्यु

नजिक न्युज संवाददाता    

भारी वर्षाका कारण भारतमा ११ को मृत्यु

हैदराबाद : दुई दिनदेखिको भारी वर्षाका कारण भारतमा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार तेलंगना राज्यमा वर्षासँगै आएको बाढीले २ महिने शिशुसहित ११ को ज्यान लिएको हो।

वर्षाका कारण सडकहरूमा भेल बगेको छ भने बस्ती डुबानमा परेको छ। यस्तै छिमेकी आन्ध्र प्रदेशमा गत २४ घण्टादेखि लगातार पानी परेको बताइएको छ। यसले त्यहाँको जनजीवन कष्टपूर्ण भएको छ। अहिले आन्ध्र प्रदेश, तेलंगना राज्य र ओडिसामा लगातार पानी परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 



बुधबार २८, असोज २०७७ ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.