महिला विकास मञ्चद्धारा बडिमालिका ६ का ३० जना महिलालाई राहत सहयोग

नजिक न्युज संवाददाता    

महिला विकास मञ्चद्धारा बडिमालिका ६ का ३० जना महिलालाई राहत सहयोग

बाजुरा :  बडिमालिका नगरपालिका ६ का ३० जना अति विपन्न दलित तथा सिमान्तकृत समुदायका महिलालाई खाद्यन्न र सुरक्षा सामाग्री सहयोग गरिएको छ । कोविड १९ ले पारेको असर कम गर्न र ज्याला मजदुरी गरी खाने अति गरिब, विपन्न समुदायका ३० जनालाई खाद्यन्न र सुरक्षा सामाग्री सहयोग गरिएको हो ।

राहत नेपाली काँग्रेसकी नेतृ जुना दानी र वडा अध्यक्ष कला बडुवालले औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको छ । वडामा बस्ने गरिब, विपन्न, दलित, एकल महिला र अपागंता भएका महिलाहरुलाई छनोट गरेर राहत सहयोग गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताएकी छन् ।

महिना बारी स्वच्छता, र कोविड १९ को सुरक्षाका लागि १ पीस सेनिटाइजर, २ वटा साबुन, १० वटा सर्जिकल मास्क र ४ प्याकेट सेनिटरी प्याड सहयोग गरिएको छ । सुरक्षा सामाग्री प्रयोग बारे स्वास्थ्य कर्मीले जानकारी गराएर वितरण गरिएको छ ।

यस्तै छाक टार्न सजिलोका लागि प्रति परिवार २५ केजी चालम, ४ केजी दाल, १ केजी चिनी, ५ पोका तेला, १ पोका नुन सहयोग गरिएको छ । लकडाउनकै कारण मारमा परेको परिवारका लागि थोरै भएपनि राहत हुँने भन्दै महिलाहरु खुसी भएका छन् ।

No description available.राहत यस अघि त्रिवेणी नगरपालिकाका १, ३, ४, ७, ८ र ९ नम्बर वडामा बसोबास गर्ने १ सय ८० जना महिलाहरुलाई पनि सहयोग गरिएको छ । वडा कार्यालय र नगरपालिकाको सिफारिसका आधारमा सहयोग गरिएको हो । 

सहयोग महिला विकास मञ्च बाजुरा र टेवा नेपालको सयुक्त सहकार्यमा सञ्चालित नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागि कार्य क्रम पेभ अन्र्तगत सहयोग गरिएको हो । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कला बडुवाल, सहीत सिमान्तकृत महिला समूहका महिलाहरु, स्वास्थ्य कर्मी सहीत सहभागि थिए । 

ज्याला मजदुरी बन्दाबन्दीले बन्द भएको र जीवन निर्वाहको अर्को कुनै विकल्प नभएका प्रत्येक वडाका ३० जना छनोट गरिएको छ । राहत ३० जनाका दरले बडिमालिका १, २ र ९ नम्बर वडाका महिलाहरुलाई पनि वितरण गरिने भएको छ ।

वडामा गठन भएको सिमान्तकृत महिला समूहकी अध्यक्ष अञ्जना ल्वारले महिला विकासले अभिभावक भएर साहरा दिएको बताएकी छन् । नगरपालिका कतैबाट पनि केही सहयोग पाएका थिएनौ, महिला विकास र टेवाले चाड पर्व आउँदै गरेको समयमा सहयोग गरेर पीडामा मलम लगाएकोमा खुसी व्यक्त गरेका छन् ।

No description available.कार्यक्रममा महिला विकास मञ्चकी संस्थापक समेत रहेकी काँग्रेस नेतृ जुना दानीले समस्यामा परेका महिलाहरुलाई सहयोग गर्न पाउँदा खुस लागेको बताएकी छन् । अरुका लागि केही गर्न संर्घष गरिरहेकोले सकेजति महिलाका पक्षमा सहयोग र सहकार्य गर्न प्रतिवद्ध भएर लाग्ने बताएकी छन् ।

बोल्ने, खाने, सरसफाइ रहने र जीवीको पार्जन गर्ने कुरामा जिम्मेवार हुनु पर्ने दानीको सुझाव छ । वडाका सबै ३० जनालाई एकै स्थानमा बोलाएर राहत सहयोग गरिएको हो । अफ्ठ्यरोमा सहयोग गरेकोमा वडा अध्यक्ष कला बडुवालले महिला विकास मञ्चलाई धन्यवाद दिएका छन् । 

No description available.



शुक्रबार २३, असोज २०७७ १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.