अक्टुबर ३० मा बिहे गर्दै काजल

नजिक न्युज संवाददाता    

अक्टुबर ३० मा बिहे गर्दै काजल

काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई सामान्य बनाउने तयारी गरिएको छ ।काजलले यो महामारीको समयमा पनि आफूहरुले खुशीको पल सुरु गर्न लागेको भन्दै सबै जना यो खबरले खुशी हुने आशा व्यक्त गरेकी छिन् ।

साउथ चलचित्रमा सफल नायिकाको पहिचान बनाएकी काजलले बलिउड चलचित्र ‘सिंघम’मा काम गरेपछि चर्चा पाएकी थिइन् । उनको सुन्दरताको चर्चा पनि खुबै हुने गर्दछ ।काजलले १६ बर्ष अगाडि चलचित्र करिअर सुरु गरेकी थिइन् । साउथ र बलिउड चलचित्रमा काम गरेर सफलता पाएकी काजलको करिअर बैबाहिक जीवनपछि कसरी अगाडि बढ्छ, यो भने खुलाइएको छैन ।



बुधबार २१, असोज २०७७ ०३:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.