पीसविनलाई समाज रुपान्तरण र परिर्वतनको संवाहक बन्न सुझाव

जिल्लाको विकास र परिवर्तनका लागि खेलेको भूमिकाको प्रंशसा

नजिक न्युज संवाददाता    

पीसविनलाई समाज रुपान्तरण र परिर्वतनको संवाहक बन्न सुझाव

बाजुरा : सामाजिक रुपान्तरणको अभियानको अगुवाई गर्न पीसविनलाई सरोकारवाला निकायले सुझाव दिएका छन् । समाज सचेत बनाउने र बिउझाउने जिम्मेवार बोकेर विकास निर्माणमा सक्रिय पीसविन नेपाललाई सिंगो समाजको रुपान्तरणको अगुवाई र जागरणका अभियानको संस्थागत गर्न सुझा दिएका हुन् । 

पीसविन नेपालको ३१ औं स्थापना दिवसको अवसर शुभकामना दिने बक्ताहरुले पीसविन र समाज परिवर्तनको विषय पर्याबाची शब्द जस्तै लाग्ने गरेको अभिव्यक्ति दिएका छन् । गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आफूहरुले प्राप्त गरेको स्थान र अवसर पनि पीसविनकै जागरणको उपज भएको बताएकी छन् ।

No description available.कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष थापाले पीसविनले समाजको आधार र धरातल निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताएकी छन् । महिला अधिकार, बाल अधिकार, शिक्षा, स्वास्थ्य, जीवीको पार्जन सहीतका विषयलाई बाजुरामा स्थापीत गर्ने श्रय नै पीसविनलाई जाने धारणा राखेकी छन् ।

अधिकार प्राप्तीको आन्दोलनमा सफल भइसकेकोले प्राप्त अधिकारको संस्थागत विकास गर्न तर्फ केन्द्रीत हुन सुझाव दिएकी छन् । कार्यक्रममा बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकले सामाजिक समानता, जागरण र रुपान्तरण पीसविनकै कारण स्थापीत हुन सकेको बताएका छन् ।

बाल अधिकार, युवा सरोकार, दलित हक अधिकारका पक्ष पीसविन र पीसविनका निवर्तमान अध्यक्ष लालबहादुर ओलीले खेलेको भूमिका पं्रशसनीय सम्मानजन रहेको बताएका छन् । 

कार्यक्रममा खप्तड छेडेदह गाउँपालिका ७ का वडा सदस्य एवं पीसविन संस्थापक लालबहादुर खड्काले पीसविनले २० वर्ष पहिले उठाएका विषय नेपाल सरकारले भर्खर आएर कार्यान्वन गरेको देख्दा खुसी लागेको बताएका छन् । संस्थाको थप सेवा विस्तार र प्रगति हुदै गएकोमा खुसी व्यक्त गर्दै खड्काले संस्था बनाउनेलाइ पनि सम्झीने र सम्मान दिनेमा कन्जुस्याई नगर्न सुझाव दिएका छन् ।

पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले बाजुराको विकास निर्माण र पत्रकारिताको विकासमा पीसविनको महत्वपूर्ण देन रहेको बताएका छन् । आर्थिक पारदर्शीता, जवाफदेहीयता र निष्पक्षताको नीति पीसविनबाट अरुले सिक्नु पर्ने सुझाव अध्यक्ष सिंहको छ ।

No description available.गैह्र सरकारी संस्था महासंघ बाजुराका अध्यक्ष अग्नीराज शाहीले पीसविनले जिल्लाको विकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको बताएका छन् । अध्यक्ष शाहीले सरकारले संस्था दर्ता ऐनमा केही अस्पष्टता कायम राखेकोले त्यसको समाधानका लागि निर्णायक पहल आवश्यक हुने बताएका छन् ।

बडिमालिका नगरपालिका स्तरीय युवा सञ्जाल अध्यक्ष प्रशान्तराज जोशीले जिल्लामा युवा नेतृत्वको उत्पादन, युवाहरुको क्षमता विकास र सामाजिक रुपान्तरणमा पीसविनको अमूल्य योगदान रहेको बताएका छन् । आफूहरु हालको स्थानमा आउनुमा पनि पीसविनकै योगदान रहेको बताउँदै अध्यक्ष जोशीले आगामी दिनमा रोजगार र जीवीको पार्जनमा जोड दिन सुझाव दिएका छन् ।

केन्द्रीय समिति अध्यक्ष विमला थापाको अध्यक्षतामा सञ्चालन भएका कार्यक्रममा निवर्तनमान अध्यक्ष लालबहादुर ओलीले सामाजिक संस्थालाई समयअनुकुल र युगको प्रतिनिधित्व गर्ने गरी विकास गर्दै लैजानु पर्नेमा जोड दिएका छन् । भर्चुअल प्रविधीबाट संवोधन गर्नु भएका नेकपा बाजुराका कार्यालय सदस्य समेत रहेका ओलीले पीसविनको सफलतामा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

गुड नेवर्स इन्टरनेशनल एमएचएम कार्यक्रमका जिल्ला प्रतिनिधी देवेन्द्र शाहले सामाजिक संस्थाको प्रमुख उदेश्य दीगो विकासमा राज्यको सहयोगी भूमिका खेल्नु भएकोले पीसविनले त्यसमा खेलेको भूमिका प्रंशसनीय रहेको बताएका छन् ।

केन्द्रीय कार्य समिति सदस्य धिरबहादुर दानीले सञ्चालन गरेको कार्यक्रममा पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावलले बार्षिक प्रगति र बार्षिक बजेट बारे जानकारी गराएका थिए । 

पीसविनले यो वर्ष ६ करोडको बार्षिक खर्च रहेको बताएको छ । भने २ करोड कोरोनाका कारण खर्च नभएको बताएको छ । पीसविनले आगामी वर्षका लागि ११ करोडको अनुमानीत बार्षिक बजेट तय गरेको महासचिव लालबीर नाथले बताएका छन् ।

पीसवीन केन्द्रीय उपाध्यक्ष वृजनबहादुर शाहीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले गर्नु भएको हो । उद्घाटन सत्र रेडियो बाजुराको सिकाइ केन्द्रमा आयोजना गरेको हो ।

एक दर्जन बढी कार्यक्रम सञ्चालन गर्दै आएको पीसविनले रेडियो बाजुरा पनि १२ वर्षदेखि सञ्चालन गरिरहेको छ । बाजुरा बाहेक सुदूरपश्चिममा कार्यक्षेत्र बनाएर काम गरिहेकोमा यो वर्षदेखि गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुग र नवलपरासीमा पनि कार्यक्षेत्र विस्तार गरेको छ । पीसविन २०४७ सालमा साविक आटीचौर गाविस ४ ओलीगाउँका ५७ परिवारले सामुदायिक संस्थाका रुपमा स्थापना गरी सुरुवाद गरेको हुन् । 



शनिबार १०, असोज २०७७ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.