जनताप्रति समर्पित जनप्रतिनिधि

मोटरसाइकल किन्ने रकमले हाते ट्याक्टर र कुटानी पीसानी मिल खरिद गरी संचालनमा

लक्ष्मण जाेशी    

जनताप्रति समर्पित जनप्रतिनिधि

बाजुरा : देश संघिय संरचनामा गए पश्चात अहिले तिन तहका सरकार संचालनमा रहेकाछन ।सर्वसाधारण नागरिकहरुका लागि नजिकको सरकार स्थानिय सरकार हो।तिनै सरकारमा जनताको अमुल्य मतले जितेका जनप्रतिनिधि बहाल रहेका र जनताको मतको कदर कसरी गरिरहेका छन्,भन्ने कुराको प्रमाणित उनीहरुले गरेका कामको आधारमा थाहा पाँउन सकिन्छ । 

त्यस्तै मध्येका एक हुन जगन्नाथ गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष प्रकाश बहादुर शाही गाँउपालिकाले आर्थिक बर्ष २०७६।२०७७ मा ६ वटा वडा कार्यालयका लागि मोटर साइकल खरिद गर्न बजेट विनियोजन गरेको थियो। 

खरिद गर्ने बेला वडा नं ५ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीले आफ्नो वडामा मोटर साइकल नलिने घोषणा गर्नुका साथै वडामा हाते ट्रयाक्टर र कुटानी पिसानी मिल आवश्यक रहेको माग कार्यपालिका बैठकमा पेश गरे पश्चात कार्यपालिको बैठकले कन्टिजेन्सिको रकमबाट वडा नं ५ का लागि हाते ट्रयाक्टर र कुटानी पिसानी मिल खरिद गर्ने निर्णय गरेको थियो।उक्त निर्णय पश्च्यात वडा कार्यालयले हाते ट्रयाक्टर र मिल खरिद गरेर ट्याक्टर र मिल संचालनमा ल्याएको छ । 

ट्याक्टर खरिद गरेपछि गत असारमा किसानले ट्याक्टरको सहायताले बालि लगाउनुका साथै मिल संचालनपछि गाँउघरमा कुटानी पिसानीमा सहज भएकोछ । ट्याक्टर र मिलको व्यवस्थापनका लागि वडा कार्यालयले न्युनतम् शुल्क निर्धारण गरेकोछ।उठेको शुल्कले मिल र ट्याक्टरको व्यवस्थापन गर्ने वडा अध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् ।                                      

कार्यपालिका बैठकमा होस वा अन्य कामले गाँउपालिकाको कार्यालय जुड्डीमा आउदा जाँदा वडा अध्यक्ष प्रत्येक पटक दुइ घण्टा हिडेरै आउने जाने गर्नु हुन्छ ।अन्य वडा अध्यक्ष मोटर साइकलमा आउँदा हजुरलाइ अप्ठयारो महसुस हुदैन भन्ने प्रश्न गर्दा  उहाँले हाँसेरै प्रश्नको उत्तर दिनु भयो ।
मोटर साइकल एक दुई जनाले प्रयोग गरि रहेका होलान तर मिल र ट्याक्टर सयौं घरधुरीले प्रयोग गर्न पाएकाछन् म त्यसैमा खुसी छु । विकास चाँहने हो भने व्यक्तिगत स्वार्थ भन्दा माथि नउठि विकास सम्भव छैन। 

विकासका नाममा टुक्रे योजना र सानो तिनो रकम विनियोजन गरेर जनता भुलाउनु भन्दा एकिकृत विकासमा जोड दिनु पर्ने तर्क राख्नु हुन्छ । त्यसैको परिणाम स्वरुप कृषि ज्ञान केन्द्रको सहयोगमा वडा नं ५ लाई कागति र सुन्तला पकेट क्षेत्र घोषणा गरिएको र यसै वर्ष तिन हजार कागति र सुन्तालका बिरुवा रोपिएका छन ।

 गाँउपालिका अध्यक्षको बिषेश पहलमा वडा नं ५ मा देवलकोट मा।वि।को भवन निर्माणाधिन अवस्थामा र एक घर एक धाराको अवधारणा अनुरुप एघारी मुल खानेपानीको काम संचालन प्रक्रियामा अगाडी बढिरहेको र वडा नं ५ का योजना आवश्यकतामा आधारित हुने हुनाले विबाद रहित हुने गरेका छन्, उनले भने । 
 



बिहिबार ०८, असोज २०७७ ०५:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.