के हुन् अल्जाइमर्सका कारण र लक्षणहरु?

नजिक न्युज संवाददाता    

के हुन् अल्जाइमर्सका कारण र लक्षणहरु?

आज सेप्टेम्बर २१ अर्थात विश्व अल्जाइमर्स दिवस, संसारभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।

अल्जाइमर्सका बारेमा चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। अल्जाइमर्स विशेषगरी ज्येष्ठ नागरिकहरुमा बढी देखिने गरेको विज्ञहरुले बताउने गरेका छन्। अल्जाइमर्स भन्नाले स्मृति क्षय हुने रोगलाई बुझिन्छ। यो रोग मस्तिष्कका कोषिकाहरू नष्ट भएर हुन्छ। यो समस्याको ठोस कारण हालसम्म यकिन भएको छैन।

सामान्यतया ३० देखि ६० वा सो भन्दामाथि उमेर समूहका व्यक्तिमा यो समस्या हुन सक्छ। तर महिलाहरु बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी हुने गरेको चिकित्सकहरुको भनाइ छ। यसका साथै गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा पनि यो समस्या देखिन सक्ने चिकित्सकले बताएका छन्।

यो समस्या भएको व्यक्तिमा सबैभन्दा ठूलो समस्या स्मरण शक्तिमा ह्रास आउँछ। यस्ता व्यक्तिले विश्लेषणात्मक सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्, अरूले भनेको कुरा बुझ्नमा समस्या हुन्छ।

यसको उपचारका लागि विशेष उपचार नभए पनि रोकथाम भने गर्न सकिने विज्ञहरुले बताएका छन्। यसको रोकथामका लागि औषधी सँगै परिवारको साथ अत्यावश्यक हुने उनीहरुको भनाइ छ।

लक्षणहरू


स्मरण शक्तिमा कमि आउने

घटना एवं कुराकानी बिर्सने

आफ्नो पहिचान बिर्सने

विगतका क्षणहरू बिर्सने

बाटो बिर्सने

सामान हराइरहने

एकाग्रतामा कमी

जटिल शब्द तथा वाक्यहरू सम्झिँन गाह्रो

एउटै कुरा बारम्बार दोहाेर्‍याइरहने

असामान्य हिडाँई

निन्द्रामा समस्या,

सामाजिक कामबाट अलग रहने

राम्रो, नराम्रो वा खतरानाक कुराको पहिचान गर्न नसक्ने

गलत उच्चारण, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्ने

अल्जाइमर्सका गम्भीर अवस्थाहरु


समवेदना हराउने,

कुरा नबुझ्ने,

आफन्त, साथी एवं परिवारका सदस्यहरूलाई नचिन्ने,

चेतना हराउने तथा बोली नबुझ्ने,

बोल्न नसक्ने

ताैल घट्ने,

ओछ्यानमा थला पर्ने,

दिसा पिसाब नियन्त्रण गर्न नसक्ने,

खाने, लगाउने, नुहाउने, बस्नेजस्ता सामान्य काम पनि गर्न नसक्ने,

खानेकुरा चपाउन तथा निल्न गाह्रो हुने

(एजेन्सीकाे सहयाेगमा)



सोमबार ०५, असोज २०७७ ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.