नयाँ युवा नयाँ सोच, नेपालको जिल्ला इकाइ बाजुरामा पनि गठन, अध्यक्षमा केशव बोहरा चयन

नजिक न्युज    

नयाँ युवा नयाँ सोच, नेपालको जिल्ला इकाइ बाजुरामा पनि गठन, अध्यक्षमा केशव बोहरा चयन

बाजुरा : नयाँ युवा नयाँ सोच, नेपालको बाजुरा जिल्ला इकाइ गठन भएको छ । केशव बोहरा अध्यक्ष रहने गरी ११ सदस्यीय जिल्ला इकाइ गठन गरिएको हो । परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने मान्यताका साथ काम गर्ने लक्ष्य सहीत समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष केशव बोहराले बताएका छन् । 

२०७४ सालमा स्थापीत गैर लाभकारी तथा गैर राजनैतिक युवाहरुको परोपकारी र परिवर्तनकारी सोच सहीत बाजुरा जिल्ला इकाइ गठन भएको छ । जसमा उपाध्यक्ष सन्तोषी रावल, सचिव हिक्मत थापा, सहसचिव शंकर मल्ल, कोषाध्यक्ष पुष्पा पाध्याय, सदस्यमा जाल्पा विष्ट, मदन थापा, सम्झना रावत, मिन खड्का चिन बोहरा र गोपाल विक सदस्य रहेका छन् ।  

साहित्यकार, सञ्चार कर्ममा लागेको युवाहरु समितिमा समेटिएका छन् । बाजुरा जिल्ला इकाइमा १४ जना साधारण सदस्य राखिएको छ । सामाजिक सेवा, दीन दुखीको सेवा, परोपकारी कार्य र नयाँ सोच सहीत रुपान्तणको अभियानमा सहभागि हुने काम समितिले गर्ने अध्यक्ष केशव बोहराले बताएका छन् ।

नयाँ युवा नयाँ सोच, नेपालको सुदुरपश्चिम प्रदेशको छैटौँ जिल्ला इकाइको रुपमा बाजुरामा गठन गरिएको छ । हालसम्म कैलाली, डोटी, अछाम, दार्चुला र बैतडीमा इकाइ गठन भइसकेको छ । इकाइ देशव्यापी विस्तार गर्ने र सेवाभावका गतिबिधी अघि बढाउने बताईएको छ ।  



बुधबार ३१, भदौ २०७७ ०७:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.