बाजुराका स्याउ धनगढी र नेपालगञ्जका बजारमा

धनगढी १ सय १० र नेपालगञ्जमा १ सय रुपैयामा प्रतिकेजी स्याउ पाइने

नजिक न्युज संवाददाता    

बाजुराका स्याउ धनगढी र नेपालगञ्जका बजारमा

बाजुरा : जुकोटका स्याउ नेपालगञ्ज र धनगढी बजारमा पुगेका छन् । कृषि ज्ञान केन्द्रको ढुवानी अनुदान जुकोटमा फलेका ९ सय क्वीन्टल स्याउ नेपालगञ्ज र धनगढी पुर्याइएको सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । 

विमानबाट स्याउ नेपालगञ्ज पठाएको हो । सडक समस्याले विमानबाटै ढुवानी गर्नु परेको कृषि ज्ञान केन्द्रले बताएको छ । ढुवानी अनुदान सहीत स्याउको बजारीकरण र बजार प्रवद्र्धनका लागि स्याउ नेपालगञ्ज र धनगढी पठाईएको हो । 

अघिल्लो वर्ष पनि धनगढी, नेपालजञ्ज सहीत काठमाडौं सम्म पुर्याइएको थियो । स्याउ किसानका लागि हौसला प्रदान गर्न र बाजुराको आर्गनीक स्याउको बजारीकरण गर्न कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिने गरेको कार्यालय प्रमुख गोविन्द्र सिजापतीले बताएका छन् ।  

बाजुराबाट विमान मार्फत ढुवानी गरिएका स्याउ धनगढीमा १ सय १० र नेपालगञ्जमा १ सय रुपैयामा विक्री हुने बताईएको छ । किसानको बारीबाट ४० देखि ६० रुपैया प्रतिकेजीमा स्याउ संकलन गरिएको हो ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा भारी मात्रामा उत्पादन गिरावट आएको छ । अघिल्लो वर्ष १ हजार ५० मेक्टीकटन उत्पादन भएकोमा यो वर्ष ७ सय मेक्टीटन मात्र उत्पादन भएको अनुमान गरिएको छ ।

लगातारको पानीका कारण स्याउ नफलेको र फलेका स्याउ पनि सडक समस्याले ढुवानीमा समसया देखिएको छ । जुकोट, साप्पाटाका स्याउ विमानबाट धनगढी नेपालजञ्ज लिने तयारी गरिएपनि भाडा महँगीका कारण विक्री गर्न समस्या हुने व्यापारीको भनाई छ ।

पाण्डुसैन, कोल्टी लगायतका स्थानमा फलेका स्या उभने बोकेर ल्याउनु बाहेक अर्को विकल्प नै छैन् । बोकेर ल्याएर स्याउ बजारमा महँगो मूल्यमा पुग्ने हुँदा पनि किसानलाई थप समस्या हुने गरेको छ । सडक समस्याकै कारण स्याउ बारीमै थन्कीने अवस्था आइपुगेको छ ।



बुधबार ३१, भदौ २०७७ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.