कर्णाली नदीको छेउमा एक बेवारिसे शव फेला

नजिक न्युज संवाददाता    

कर्णाली नदीको छेउमा एक बेवारिसे शव फेला

बाजुरा : कर्णाली नदीको छेउमा एक जनाको बेवारिसे शव फेला परेको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं.२ बस्केना भन्ने ठाउँमा एक जना पुरुषकको बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

वडा नं.२ बस्केना स्थित कर्णाली नदीको छेउमा एक जना पुरषको बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन् ।

उनले दिएको जाकारी अनुसार प्रहरीको टोली घटना स्थलमा पुगिसकेको छ, पहिचान भने खुल्न सकेको छैन् । पहिचानका लागि सोही ठाउँका दुई जना स्थानीयलाई बोलाएको बताए । शव पोष्ट मार्टमका लागि कोल्टी स्वास्थ्य चौकी ल्याईने बताईएको छ ।

शव नदीको छेउमा दिउँसो स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । शवको सनाखत हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिएको छ ।          
 



बुधबार ३१, भदौ २०७७ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.