प्रकाश नेपालीले देउडा गीत मार्फत यसरी सम्झीए साविक आटीचौर गाविसलाई

नजिक न्युज संवाददाता    

प्रकाश नेपालीले देउडा गीत मार्फत यसरी सम्झीए साविक आटीचौर गाविसलाई

लामो लम्गाउँ बुढावाडो झन राम्रो ओलीगाउँ 
वर्षदिन छुट्याको प्रिती आज मुख बोलीझाँउ 

वारीउँदो दानीगाउँ पर्यो पारी कुणीकोट 
बेउरी बेउरी खानु होइजाउँ सुन्तलीका बोट 

ढुकी रह्यासँगै जाउँला बान्नीका चैतला 
कति राम्रो ठाउँ मिल्याको क्या राम्रो मैतला 

वरि बाटी सुडाराए परिबाटी नाइनु 
मन नपर्या छोडी दिनु बचन क्यान लाइनु 

बढालेक दर्शन गर्नु घुम्नु छेडे ताल 
डाँडासैन घुमफिर गरि लाउँली मायाजाल 

(दलित अधिकार कर्मी समेत रहेका नेपाली साविक आटीचौर ९ नाइनाका स्थानीय हुन् ।)



बुधबार ३१, भदौ २०७७ ०९:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.