कञ्चनपुरमा भन्सार छली ल्याइएका अवैध सामान बरामद

नजिक न्युज संवाददाता    

कञ्चनपुरमा भन्सार छली ल्याइएका अवैध सामान बरामद

धनगढी: कञ्चनपुर प्रहरीले भन्सार छली ल्याइएका अवैध सामान बरामद गरेको छ। जिल्लाको बेलौरी नगरपालिका –१० भुडास्थित सडक किनारमा वेवारिसे अवस्थामा राखेको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार सय किलो चिनी, ९ कट्टा केराउको दाल, ३० किलो प्लाष्टिकको रोल,  १० पिस जिआई पाइप र ५० किलो सिगल सुपर फाँसकेट पाउडर बरामद गरिएको हो। बरामद गरिएका सामग्रीको मुल्य ३० हजार ४ सय २५ रहेको उनले बताए। 

बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। 



आइतबार २८, भदौ २०७७ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.