आर्सनलले प्रभावशाली जितसहित सुरु गर्‍यो नयाँ सिजन

नजिक न्युज संवाददाता    

आर्सनलले प्रभावशाली जितसहित सुरु गर्‍यो नयाँ सिजन

मिकेल आर्तेताको टिम आर्सनलले शानदार जितसहित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु गरेको छ।

लिगएको पहिलो खेलमा शनिबार राति अवे मैदानमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गरेको हो। आर्सनलको जितमा एलेक्सान्डर लाकाजेटी, गाब्रियल र पिएर एमरिकले गोल गोल गरे ।

यो खेलमा चेल्सीबाट यहि सिजन आएका विलियनले दुई गोलका लागि सहयोग गरे । विलियनको सहयोगमा आठौँ मिनेटमा लाकाजेटीले गोल गरे । गाब्रियलले ४९ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।

विलियनको सहयोगमा पिएर एमरिकले ५७ औँ मिनेटमा गोल गरेपछि आर्सनलले ३–० को जित निश्चित गरेको हो। एफए कप र कम्युनिटी सिल्ड जितेर आएको आर्सनलले यो सिजन प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्ने उद्देश्य लिएको प्रशिक्षक आर्तेताले बताएका छन् ।



आइतबार २८, भदौ २०७७ ०७:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.