मेस्सी बार्सिलोनाको टिमबाट मैत्रीपूर्ण खेलमा सहभागी

नजिक न्युज संवाददाता    

मेस्सी बार्सिलोनाको टिमबाट मैत्रीपूर्ण खेलमा सहभागी

बाहिरिने असफल प्रयासपछि लियोनल मेस्सी पहिलोपटक बार्सिलोनाबाट खेलेका छन् । मेस्सी शनिबार राति भएको जिम्नास्टिक डी तारागोनासँगको मैत्रीपूर्ण खेलमा सहभागी भएका हुन् ।

३३ वर्षका मेस्सीले गएको अगस्ट २५ मा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए । तर ठूलो रकमसहितको रिजिल क्लबका कारण उनी बार्सिलोनामै बस्न बाध्य भएका छन् ।

तेस्रो डिभिजनको क्लबसँगको मैत्रीपूर्ण खेलमा मेस्सीसहितको बार्सिलोना ३–१ ले पराजित भयो । मेस्सी बार्सिलोनाको कप्तानमा कायम रहने पनि निश्चित भएको छ । बार्सिलोनाको जितमा ओस्मान डेम्बेले, एन्टोनी ग्रिजम्यान र फिलिप कोन्टिन्होले गोल गरेका हुन् ।



आइतबार २८, भदौ २०७७ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.