बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बुढीनन्दा नगर कमिटीले खटाएका स्वास्थ्य कर्मीको टोलीले सातादिन देखि चेकजाँच कार्यलाई निरन्तरता दिएको छ । नेकपाका नेताहरु सहीत स्वास्थ्य कर्मी घरमै पुगेर स्वास्थ्य चेकजाँच गरिरहेका छन् । हालसम्म १, २, ३, ४, ६, ६ नम्बर वडाका २ हजार बढी विरामीको चेकजाँच तथा उपचार सेवा दिइसकेको छ ।
लक डाउनको समयमा स्वास्थ्य उपचार सेवा नपाएका र स्वास्थ्य संस्थामा आएर उपचार सेवा लिन नसकेका वृद्धवृद्धाहरुलाई लक्षित गरेर घरमै पुगेर स्वास्थ्य चेकजाँच तथा उपचार सेवा सुरु गरेको हो ।
वडाका प्रत्येक टोलमा पुगेर घरमै स्वास्थ्य कर्मीले उपचार सेवा दिइरहेको विद्यार्थी नेता विष्णु सार्कीले बताएका छन् । स्वास्थ्य कर्मीको टोली सहीत औषधी बोकेर नगर क्षेत्रका प्रत्येक टोलमा पुगिरहेका छन् । भने उपचार तथा चेकजाँच सुविधा सहीत निशुल्क औषधी पनि उपलब्ध गराइएको नगर कमिटी अध्यक्ष जंगवीर रोकायाले बताएका छन् । नगर कमिटीको कार्यालय सदस्यको बैठकले उक्त निर्णय गरेको थियो ।
विपन्न तथा हिँडेर स्वास्थ्य संस्था पुग्न नसकेका व्यक्तिहरुलाई लक्षित गरेर स्वास्थ्य सेवा घरमै उपलब्ध गराउने लक्ष्य सहीत टोली उपचारमा निरन्तर खटिरहेको छ । स्वमय सेवक भूमिकामा खटिएका स्वास्थ्यकर्मीको टोलीमा हेल्थ असिष्टेन्ट चिरञ्जीवी सिंह, दिलबहादुर बोहरा, अनमी जुलफी सिंह, सिएमए कमल विक, पीर थापा (भोटे) सहित रहेका छन् ।
यस्तै नेकपा जिल्ला कमिटी कार्यालय सदस्य जनक कुमार बोहरा, नगर कमिटी अध्यक्ष जंगवीर रोकाया, सचिव हिक्मत वड, कार्यालय सदस्य तुलाराज मल्ल, शुक्रवीर कँडारा, बुढीनन्दा क्याम्पसका स्ववियु सभापति केशर भाट, राष्ट्रिय युवा संघ नेपाल बाजुराका सदस्य विष्णु कार्की, लगायत खटिरहेका छन् ।
स्वास्थ्य स्वयंम सेवक मार्फत उपचार तथा चेकजाँच सेवा उपलब्ध गराउने र औषधी व्यवस्थापन गर्नमा नेकपा जिल्ला कमिटी कार्यालय सदस्य जनक कुमार बोहराले बिशेष पहल गरेका हुन् । औषधी निजी मेडिकल, फार्मेसी कम्पनी र गैर सरकारी संस्थासँगको सहकार्यमा संकलन गरिएको हो ।
लक डाउनले सामान्य उपचार तथा परामर्श सेवा नपाएका विरामी घरमै टोली पुगेर चेकजाँच पछि खुसी भएका छन् । स्वयम सेवक स्वास्थ्य कर्मीको टोलीले घरमै पुगेर उपचार सेवा दिने र निशुल्क औषधी वितरण गर्ने कार्य नेकपा बुढीनन्दा नगर कमिटीले पहिलो अभ्यासको थालनी गरेको हो ।
प्रतिकृया दिनुहोस