भारतमा कोरोनाका ४४ हजार सङ्क्रमित थपिए

नजिक न्युज संवाददाता    

भारतमा कोरोनाका ४४ हजार सङ्क्रमित थपिए

काठमाडौं : भारतमा कोरोनाभाइरसका ४४ हजार १११ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा ७३८ जनाको मृत्यु भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार गएको चौबीस घण्टामा ५७ हजार ४७७ जना कोरोनामुक्त भएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ । हालसम्म दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख एक हजार ५० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । भारतमा हाल चार लाख ९५ हजार ५३३ जना सक्रिय सङ्क्रमित छन् ।

भारतमा हालसम्म ४१ करोड ६४ लाख १६ हजार ४६३ नमूनाको परीक्षण गरिएको छ । गएको चौबीस घण्टामा १८ लाख ७६ हजार ३६ नमूनाको परीक्षण गरिएको छ । भारतमा हालसम्म ३४ करोड ४६ लाख ११ हजार २९१ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।



शनिबार १९, असार २०७८ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.