जुवापानी व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा

नजिक न्युज संवाददाता    

जुवापानी व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा

बुढीगंंगा नगरपालिका वडा नं ९ को जुवापानीलाई व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा गरिएको छ । बुढीगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष मिन बहादुर सिंह द्धारा जुवापानीलाई महिनावारी भएको बेला विभेद नगर्ने, खानपान, सुरक्षा, स्वास्थ्यलाई ख्याल गर्ने तथा २० बर्ष पुगेपछी मात्र विवाह गर्ने संकल्प सहित व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा गरिएको हो ।
यस अघि बुढीगंगा नगरपालिका वडा नं ९ को नेतृत्व तथा पीसविन, गुड नेवर्स इन्टरनेशनल नेपाल, साहस नेपाल जस्ता संस्थाहरुको सहकार्यमा  वडा नं ९ ले बाल  विवाहको सर्वेक्षण तथा बाल विवाह विरुद्धको सचेतना मुलक अभिमुखिकरण तथा छलफल सबै टोलहरुमा गदै आईरहेको थियो ।  यस भन्दा अगाडी मात्र किमगाउलाई व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा गरेको वडा नं ९ ले जुवापानीलाई पनि व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा गरेको छ ।

व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा कार्यक्रममा देउडा, सडक नाटक, नृत्य, गित गजल मार्फत स्थानिय कलाकार तथा बाल क्लवका पदाधिकारीहरु तथा विद्यार्थिहरुले बाल विवाह तथा महिनावारी सम्बन्धि सचेतनामुलक प्रस्तुतीहरु देखाएको थिए । बाल विवाह नगर्ने तथा नगराउने भइ हाल्यो भने कानुनी प्रक्रियामा जाने प्रतिबद्धता सहित सम्पुर्ण सहभागिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेको थिए ।



सोमबार ११, असार २०८० ११:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.