खप्तड छेडेदहको बजेट ४५ करोड ५८ लाख, कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता

नजिक न्युज संवाददाता    

खप्तड छेडेदहको बजेट ४५ करोड ५८ लाख, कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले आर्थिक वर्षका लागि ४५ करोड ५८ लाख ४४ हजार ३ सय बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले १३ औं  गाउँ सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा संघको समानीकरणमा १० करोड ४१ लाख र प्रदेशको १ करोड बजेटको अनुमानित गरिएको प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले जानकारी दिएका छन् ।  

संघको शसस्त्र चालुमा १७ करोड ८७ लाख र पुजिगँतमा १ करोड ६२ लाख र समपुरक ५० लाख, बिशेष अनुदान १ करोड २० लाख  बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेशको वित्तिय समानीकरण १ करोड, समपुरक ८० लाख,विशेष अनुदान ७० लाख र राजस्व बाँडफाँड १५ लाख र अल्या २ करोड ५० लाख तथा गाउँपालिकाको आन्तरिक आम्दानी ३० लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताएका छन् । 

गाउँ सभामा गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले नीति तथा कार्यक्रम पेश गरेका छन । अध्यक्ष रावतले कृषि शिक्षा,स्वास्थ्य, र पर्यटनलाई विशेष प्राथमिकतामा राख्दै निती तथा कार्यक्रम ल्याएका हुन् । 

गाउँ सभा पालिकाको सभा हलमा संचालन गरिएको छ । नीति तथा कार्यक्रम र बजेट माथि बिस्तृत छलफल हुने पालिकाले जानकारी दिएको छ । कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । 

 



सोमबार ११, असार २०८० ०२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.