बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुने भएको छ । पालिकाको ६ नम्बर वडा स्थित फालासैनमा भवन निर्माण हुन लागेको हो । भवनको आज बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले शिलान्यास गरेका छन् ।
बुढीगगा नगरपालिकाको १५ लाख लगानीमा उक्त पुस्तकालय भवन निर्माण हुन लागेको पुस्तकालयका अध्यक्ष नरेन्द्र थापाले बताएका छन् । भवन निर्माणको काम भने उपभोक्ता समिति मार्फत गरिने भएको छ ।
नगरभित्रका युवाहरूलाई खोज तथा अध्ययन अनुसन्धानमा प्रेरित गर्ने उदेश्यले मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुन् लागेको हो । वौद्धिक अध्ययनको केन्द्रका रुपमा विकास गर्न र बृहत पुस्कालयको रुपमा विकास गर्न भवन निर्माण गर्न लागिएको हो ।
यसै आर्थिक वर्षभित्र पहिलो तलाको ढलान कार्य सकाउने लक्ष्य संस्थाले लिएको छ । पालिका स्तरमा भवन निर्माण गर्न र मदनभण्डारी प्रतिको सम्मानमा संस्था सञ्चालन गरिने पहिलो अभ्यास हो ।
प्रतिकृया दिनुहोस