बाजुरा : बाजुरा क्याम्पस र बडीमालिका क्याम्पस बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारी आपसी सद्भाव र सहकार्यका लागि मैत्रीपूर्ण भलिबल आयोजना गरिएको हो ।
दुई क्याम्पस बीचको आपसी सम्बन्धलाई थप नजिक र पारस्पारिक र मित्रवत बनाउन मैत्रीपूर्ण भलिबल आयोजना गरेको बाजुरा क्याम्पसका प्रमुख सुरेश पण्डितले बताएका छन् । खेल क्याम्पसका प्राध्यापक र अध्ययनरत छात्र र छात्रा बीच गरिएको हो ।
मैत्रीपूर्ण खेल अन्र्तगत छात्र भलिबलमा बाजुरा क्याम्पसले जितेको छ । भने छात्रा र प्राध्यापक बीचको खेलमा बडीमालिका क्याम्पस फालासैन विजयी भएको छ । बडीमालिका र बुढीगंगा नगरपालिकाको आपसी संयोजनमा खेल आयोजना गरिएको हो ।
बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले उद्घाटन गरेको खेल औपचारिक कार्यक्रमका बीच आयोजना गरिएको अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् ।
औपचारिक कार्यक्रम नेविसंघका अध्यक्ष जनक थापा र अनेरास्ववियुका अध्यक्ष दीलबहादुर थापा भोटे लगायतले संवोधन गरेका थिए । मैत्रीपूर्ण रुपमा सञ्चालन हुने कार्यक्रमले क्याम्पस बीचको सहकार्यलाई बलियो र सम्बन्धलाई थप नजिक पार्न बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले बताएका छन् ।
प्रतिकृया दिनुहोस