२०८० असोज २८ गते आइतबार नजिक न्युज संवाददाता
बुढीगंगा नगरपालिका वडा नं ४ को तुड्केचौतारामा बाल विवाह विरुद्ध सचेतना मुलक देउडा प्रदर्शनी गरीएको छ ।२०८० साउन ०९ गते मङ्गलबार नजिक न्युज संवाददाता
जीवनको लक्ष्य प्राप्तिमा सहजता गर्ने उद्देश्यका साथ १८ बर्ष पुरा भई जीवनको लक्ष्य प्राप्तिमा संघर्ष गरिरहेका १५ जना युवाहरुलाई ६० घण्टे आधारभुत सिप तालिम संञ्चालन भई सम्पन्न२०८० असार २८ गते बिहिबार नजिक न्युज संवाददाता
सरकारले १० हजार भन्दा कम किशोरी रहेको जिल्ला छनोटको मापदण्ड बनाएको छ । बाजुरा पनि राज्यले तय गरेको छनोट मापदण्ड मिल्ने जिल्लामा पर्छ । समस्या बढी भएकोले बाजुराले पाउने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।२०८० असार २७ गते बुधबार नजिक न्युज संवाददाता
एक वर्षसम्म गरेका काम र कामको उपलब्धी विवरणलाई नगर प्रमुख रामबहादुर बानीयाँले प्रस्तुत गरेका थिए । बुढीगंगाले सुरुको वर्षलाई नीति निर्माण र पूर्वाधार विकासको आधार तय गर्ने वर्षका रुपमा घोषणा गरेको थियो । बितेको एक वर्षमा उदेश्य अनुसारको काम र प्रतिफल देखाउन पालिका सफल भएको नगरप्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।२०८० असार २६ गते मङ्गलबार नजिक न्युज संवाददाता
यसै महिना भित्र मात्रै एक दर्जन बढी तालिम र प्रशिक्षण तथा दिक्षान्त समारोह सञ्चालन गरिएका छन् । नौ वटै जिल्लाका सबैजसो पालिका स्तरमा कार्यक्रम गरिएको र आगामी वर्षका लागि त्यसलाई थप व्यापक रुपमा अघि बढाउने तयारी प्रदेश समितिले गरेको छ ।२०८० असार २६ गते मङ्गलबार नजिक न्युज संवाददाता
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बोहराले केही व्यक्तिको गलत स्वार्थका कारण सिंगो पालिकालाई नै विवादीत पार्ने र कर्मचारीलाई काम गर्ने वातावरण नदिने कार्य सह्य नहुने भएकोले घटनाको प्रकृति हेरेर कानुनी बाटो रोज्ने बताएका छन् । प्रमुख बाँनीयाले कर्मचारीको सुरक्षा र जनताको कामका लागि आफू प्रतिवद्ध रहेको र अराजकता सहेर बस्न नसकिने बताएका छन् ।२०८० असार २५ गते सोमबार नजिक न्युज संवाददाता
ल्याब सेवाको नगर प्रमुख जनक कुमार बोहराले उद्घाटन गरेका हुन् । चुनाव ताका बोलेका बाचाहरु विस्तारै पूरा गर्दै गएको बताउदै अझै सुखी र खुसी नगर बनाउन आफू दिन रात नभनी लागि रहेको उद्घाटन कार्यक्रममा नगर प्रमुख बोहराले बताएका छन् ।२०८० असार १८ गते सोमबार नजिक न्युज संवाददाता
कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष र अन्य सरोकारवाला निकायका प्रतिनिधिले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । पालिकाका दशवटै वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बुढीनन्दा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।२०८० असार १८ गते सोमबार नजिक न्युज संवाददाता
नेकपा एमालेले जनताको जीउधनको सुरक्षा र विपद व्यवस्थापन तथा सहयोगका लागि तयारीमा बस्न नेकपा एमालेका नेता कार्यकर्तालाई पनि निर्देशन दिएको छ । साँफे मार्तडी सहीतका पालिका जोड्ने सडक बर्षादसँगै बन्द हुने अवस्था भएकोले मर्मतका लागि स्काइभेटर तयारीका साथ राख्न आग्रह गरेको छ ।२०८० असार १८ गते सोमबार नजिक न्युज संवाददाता
पालिकासँग नेट इन्टरनेटको सहज पहुँच छ । सदरमुकामकै कारण धेरै अवसर र संभावना पनि छन् । जिल्ला पुग्ने राज्य होस्, गैर राज्य पक्षको पहिलो ध्यान बडीमालिकामै जाने गर्छ । यी संभावनालाई अवसरका रुपमा विकास गरि प्रविधी मैत्री सेवा र सुशासन मैत्री पालिका बनाउने अभियानमा रहेको नगर प्रमुख अमर खड्काले बताएका छन् ।२०८० असार १८ गते सोमबार नजिक न्युज संवाददाता
बाजुराका नौ वटा स्थानीय तह मध्ये जगन्नाथ गाउँपालिको पालिकाको सिफारिस विना कुनै योजना कार्यान्वयन नगर्ने निर्णय गर्ने पहिलो पालिका हो । यो निर्णयसँगै पालिकामा प्रदेश र संघबाट मनोमानी र अनुकुल योजना ल्याएर बील भरपाई बनाउने गलत संस्कारको अन्त्य हुने र राज्यको लगानीको सुरक्षा हुने देखिएको छ ।२०८० असार १८ गते सोमबार नजिक न्युज संवाददाता
गाउँपालिकाले आर्थिक २०७९।०८० को नीति तथा कार्यक्रममा गाउँपालिका भित्र उत्कृष्ठ काम गर्ने विद्यालय, स्वास्थ्य संस्था र कर्मचारीहरुलाई पुरस्कृत गर्ने नीति लिएको थियो । सोही नीति अनुरुप नै पालिकाले पुरस्कृत गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बहादुर शाहीले बताएका छन् ।२०८० असार ११ गते सोमबार नजिक न्युज संवाददाता
ढीगंंगा नगरपालिका वडा नं ९ को जुवापानीलाई व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा गरिएको छ । बुढीगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष मिन बहादुर सिंह द्धारा जुवापानीलाई महिनावारी भएको बेला विभेद नगर्ने, खानपान, सुरक्षा, स्वास्थ्यलाई ख्याल गर्ने तथा २० बर्ष पुगेपछी मात्र विवाह गर्ने संकल्प सहित व्यवस्थित महिनावारी मैत्री तथा बाल विवाह मुक्त टोल घोषणा गरिएको हो ।२०८० असार ११ गते सोमबार नजिक न्युज संवाददाता
बालबालिकाहरुको भविष्य सुनिश्चित गर्न तथा जीवनलाई सहि मार्गमा निर्देशित गर्ने उद्देश्यका साथ गुड नेवर्स इन्टरनेशनल नेपाल र पीसविन बालबालिकाको लागि जीवन उपयोगी सिप विकास तालिमहरु संञ्चालन गरी सम्पन्न भएकाे छ ।२०८० असार ११ गते सोमबार नजिक न्युज संवाददाता
संघको शसस्त्र चालुमा १७ करोड ८७ लाख र पुजिगँतमा १ करोड ६२ लाख र समपुरक ५० लाख, बिशेष अनुदान १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेशको वित्तिय समानीकरण १ करोड, समपुरक ८० लाख,विशेष अनुदान ७० लाख र राजस्व बाँडफाँड १५ लाख र अल्या २ करोड ५० लाख तथा गाउँपालिकाको आन्तरिक आम्दानी ३० लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताएका छन् ।२०८० असार ११ गते सोमबार नजिक न्युज संवाददाता
पालिकाले चालु तर्फ २५ करोड ९५ लाख ११ हजार र पुजिँगत तर्फ ९ करोड ९४ लाख १० हजार विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, युवा तथा खेलकुद र लैगिंक समानता तथा सामाजिक समावेशिकरणलाई प्राथमिकता राखेर बजेट छुट्याएको हो ।२०८० असार ११ गते सोमबार नजिक न्युज संवाददाता
शिक्षा, कृषि र आयआर्जन, स्वास्थ्य र पर्यटन विकासमा बजेट लगानी गर्ने नीति सहीत त्रिवेणीले पालिका स्तरीय विकास सम्मेलन आयोजना गर्ने नीति लिएको छ । पालिकाले पशुपंक्षी तर्फ ८ लाख र कृषि तर्फ १० लाख प्रवद्र्धन मुलक गतिविधीका लागि मात्रै बजेट विनियोजन गरेको छ ।२०८० असार १० गते आइतबार नजिक न्युज संवाददाता
कुल बजेटमा गौमुल गाउँपालिकाले प्रशासनिक तर्फ ८ करोड ८४ लाख, आर्थिक बिकास तर्फ २ करोड ७ लाख ८८ हजार, पुर्वधार विकास तर्फ २ करोड ३५ लाख ५३ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १९ लाख ७९ हजार बजेट विनियोजन गरेको छ ।२०८० असार १० गते आइतबार नजिक न्युज संवाददाता
कुल बजेटको पालिकाले सडक कालोपत्रेमा मात्रै ४ करोड विनियोजन गरेको छ । भने कृषि क्षेत्रमा १ करोड बजेट विनियोजन छ । बुढीगंगाले मानवीय श्रोत र कृषि उत्पादन विक्री नै बुढीगंगाका श्रोत भएकोले त्यसैमा लगानी केन्द्रीत गर्ने नीति लिएको छ२०८० असार १० गते आइतबार नजिक न्युज संवाददाता
बुढीगंगाले प्रत्येक वर्षको नगर सभामा हस्तान्त्रण गर्ने गरि यो वर्षबाट पुरस्कार घोषणा गरेको छ । पालिकाले स्वर्गिय शेरबहादुर शाहको सम्मानमा समाजसेवा सम्मान पुरस्कार, देउडा गुरु रत्नाकर जैशीको सम्मानमा साहित्य लेखन सम्मान पुरस्कार, शैक्षिक अभियान्ता एंव पञ्चायती व्यवस्थाका नेता नरसिंह गिरीको सम्मानमा शैक्षिक सुधार सम्मान पुरस्कार र स्वर्गिय चेतनदिप अयडीको सम्मानमा सफल युवा उद्यमी सम्मान पुरस्कार घोषणा गरेको छ ।२०८० असार १० गते आइतबार नजिक न्युज संवाददाता
संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट आगामी वर्षका लागि प्रस्ताव गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गर बजेट विनियोजन गरिएको छ ।२०८० असार १० गते आइतबार नजिक न्युज संवाददाता
नगर उपप्रमुख नन्दा कुमारी थापाले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकी हुन् । नगर प्रमुख अमर बहादुर खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि बडीमालिकाले आर्थिक वर्ष २०८०।८१ मा उत्पादनमा केन्द्रीत हुने कार्यक्रम प्रस्तुत गरेका थिए ।२०८० असार १० गते आइतबार नजिक न्युज संवाददाता
आधुनिक बजारको माग अनुसारका सिप सिकाएर युवाहरुलाई रोजगार तथा आयआर्जनका गतिविधीमा लाग्ने प्रेरित गर्नु पर्ने छ, त्यो जिम्मेवारी पालिकाले नै लिने गरि नयाँ कामको थालनी गरिएको हो, नगर प्रमुख बाँनीयाले भन्नु भयो । उहाँका अनुसार वर्षेनी २ सय जनालाई तालिम दिने र कम्तीमा ५० जनालाई व्यवासायीक बनाउने नीति रहेको बताएका छन् ।२०८० असार ०९ गते शनिबार नजिक न्युज संवाददाता
पालिकाले गाउँपालिकाका नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा सुचारु गर्ने, र पाठेघर खसेका महिला र अपाङ्गता भएका बालबालिकाको उपचार गाउँपालिकाले गरिदिने नीति पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताएका छन् ।२०८० असार ०९ गते शनिबार नजिक न्युज संवाददाता
नीति तथा कार्यक्रममा सुझाव लिने र राय माग गर्ने नीति पालिकाले लिएको छ । आएका सुझाव सल्लाहलाई समावेश गर्ने र सबैको प्रतिनिधित्व हुने गरि नीति कार्यक्रम बनाउँदा अपनत्व पनि सबैको हुने भएकोले सर्वपक्षिय भेला मार्फत सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।