२०७९ असार १४ गते मङ्गलबार नजिक न्युज संवाददाता
सुतिरहेकी ८ वर्षीया बालिकालाई गुर्धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकाले उक्त कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए। गुर्धामीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए।२०७९ असार ०९ गते बिहिबार नजिक न्युज संवाददाता
आफुहरू जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाव दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने अनेरास्ववियुका बझाङ जिल्ला उपाध्यक्ष पुस्कर दौल्यालले बताए। सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए।२०७९ जेठ ३१ गते मङ्गलबार नजिक न्युज संवाददाता
चर्को हाँस्दै पिंकीकी आमाले छोटो उत्तर दिइन्, ‘महिलाको ओख्थो हो । तमी क्या अरौला ?’ मैले अझै भेउ पाइनँ । फेरि सोधें, ‘कस्तो रैछ त भन्नै नहुने रोग ?’ मैले जिद्दी गरेपछि उनले लजाउँदै र असहज मान्दै भनिन्, ‘छाउ सुकाउन्या (महिनावारी रोक्ने) ओख्थो हे ।’२०७९ जेठ २१ गते शनिबार नजिक न्युज संवाददाता
यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य वस्तु चौँरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको स्थानीयले बताएका छन्। उताबाट भने नुन, कपडा, जुत्तालगायतका वस्तु आयात हुने गरेको छ।२०७९ बैशाख १९ गते सोमबार नजिक न्युज संवाददाता
अहिले १ देखि ७ सम्मका सबै वडाध्यक्ष, सदस्यहरु सहीत नेता कार्यकर्ताहरु एकजुट भएर घरदैलो अभियानमा खटिएका छन् । १ देखि ७ वटै वडामा एमाले खप्तड छेडेदह गाउँ कमिटीले चुनावी घरदैलो कार्यक्रम गर्ने बताएको छ ।२०७८ चैत ३० गते बुधबार नजिक न्युज संवाददाता
चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदैछ। जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ।२०७८ चैत ०९ गते बुधबार नजिक न्युज संवाददाता
आमा, छोरी घर फर्केपछी बालिकाले आफुलाई गाइगोठमा लिएर मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि बलात्कार गरेको कुरा आफ्नो आमालाई सुनाएपछी बालिकाको आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताइको छ।२०७८ माघ १५ गते शनिबार नजिक न्युज संवाददाता
शनिबार गोली लागेर घाइते भएको चितुवा तम्तोली बस्ती नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ। मृत भेटिएको चितुवाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।२०७८ माघ १२ गते बुधबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले चिसोबाट बच्नेको लागि केही राहत होस् भनेर सदरमुकाम क्षेत्रका चोकचोकमा प्रहरीले दाउरा वितरण गरेको बताए। चिसोसँगै निमोनिया र रुखाखोकीका बिरामी बढिरहेका छन्। चिसोले बालबालिकामा निमोनिया र वृद्धवृद्धामा रुघाखोकीको समस्या देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।२०७८ माघ ११ गते मङ्गलबार नजिक न्युज संवाददाता
आजै वडाध्यक्ष मल्ल र सचिवले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुर्व्यवहार गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरेका छन्।२०७८ माघ ०५ गते बुधबार नजिक न्युज संवाददाता
पक्राउ पर्नेमा बझाङ घर भएका ३८ पर्षीय दीपक कामी रहेको उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले जनाएको छ। कामीलाई पक्राउ गरी कानूनी प्रकृया अघि बढाएको छ। कामीबिरुद्ध पाँक्सो कानून अन्तर्गत मुद्धा दर्ता गरिएको बताइएको छ।२०७८ मङि्सर २९ गते बुधबार नजिक न्युज संवाददाता
जवाफदेही नबन्दा यो समस्या आएको उनले बताए। यता प्रधानाध्यापक जनक बोहराले भने विद्यालयको पुरानो लगानी असुल हुन नसक्दा तलब दिन नसकिएको बताए। स्थानीय सरकार वा अन्य निकायबाट आयस्रोत जुट्यो भने शिक्षकलाई तलब दिने तयारी रहेको उनले बताए।२०७८ मङि्सर १० गते शुक्रबार रासस
उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ। यसअघि घरमै भत्ता बुझ्दै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छिन्। सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पु¥याए। लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ।२०७८ मङि्सर ०९ गते बिहिबार नजिक न्युज संवाददाता
यसैगरी भाँडेबजारको तीन सय, झनानाको चार सय, झोताको पाँच सय लिने गरेका छन्। सर्वसाधारणलाई चारैतिरबाट ढाड सेक्म्ने काम भइरहेको केदारस्युँ–४ का पूर्ण विष्टले बताए। उनका अनुसार सडक नै अवरुद्ध नभएको बाग्थला बजारमा पनि अहिले इन्धनको मूल्य चैनपुर जस्तै महँगीएको छ।२०७८ कार्तिक १४ गते आइतबार नजिक न्युज संवाददाता
देउडा क्षेत्रका हस्ती नेत्रबहादुर शाही र पानसरा बुढाबीच लाइभ देउडा आयोजना गर्न लागिएको वडा कार्यालयले जानकारी गराएको छ । देउडा सँस्कृतिको संरक्षण, देउडा खेलाडीको प्रवद्र्धन र बाजुराको शान देउडा साहित्यको विकासका लागि कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष रावलले बताएका छन् ।२०७८ कार्तिक ०४ गते बिहिबार नजिक न्युज संवाददाता
प्रधानमन्त्री देउवा बझाङपछि बैतडी निरीक्षण गरे गृहजिल्ला डडेल्धुरा पुगेका छन्। डडेल्धुरापछि कञ्चनपुरमा निरीक्षण गरेर आज धनगढी बस्ने कार्यक्रम छ। उनले आजै डोटीमा पनि प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।२०७८ असोज ०९ गते शनिबार नजिक न्युज संवाददाता
भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ।पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए।२०७८ भदौ ३१ गते बिहिबार नजिक न्युज संवाददाता
नजिक न्युज२०७८ भदौ १५ गते मङ्गलबार नजिक न्युज संवाददाता
विशेष गरेर जिल्लाभित्रकै सुवेडा, पैयाँतोलाका बम्म, सेरागाउँ, रुपातोला भाट गाउँदेखि भक्तजनहरु व्रत बसेर मेलामा गएर पूजापाठ गर्नाले आफूले मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको तलकोट–३ रुपातोलाका स्थानीयवासी भानु जोशीले बताए।२०७८ साउन १४ गते बिहिबार नजिक न्युज संवाददाता
वित्थडचिर गाउँपालिका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनबाट सेवा प्रवाह गर्दैछ भने थलारा, सुर्मा, साईपाल, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन्।२०७८ असार २२ गते मङ्गलबार नजिक न्युज संवाददाता
गर्भवती महिलाका श्रीमानको पहिले नै मृत्यु भएको र आर्थीक अवस्था कमजोर रहेको भन्दै उपचारको लागी गाँउपालीका अध्यक्ष धामीले व्यक्तिगत १० हजार सहयोग गरेका छन्। साथै उचारमा लाग्ने बाकी खर्च समेत गाउपालीका र वडा कार्यालयले व्यहोर्ने धामीले बताए।२०७८ असार १७ गते बिहिबार नजिक न्युज संवाददाता
एयरलाइन्सका सञ्चालक किशोर खड्काले आज बिहीबारदेखि धनगढी, बझाङ र नेपालगन्जमा नियमित उडान गर्ने जानकारी दिए।२०७८ असार ०५ गते शनिबार नजिक न्युज संवाददाता
प्रहरी चौकी मेलविसौनाबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी गरेको खड्काले बताए।२०७८ असार ०५ गते शनिबार नजिक न्युज संवाददाता
यसैबीच जिल्लामा पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना परीक्षण भएको छैन भने १४ जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण जित्नेहरुमा खप्तड छान्ना गाँउपालिकाका ४ र विथ्थडचिर गाँउपालिकाका १० जना रहेका छन्।२०७८ जेठ १९ गते बुधबार नजिक न्युज संवाददाता
इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त चितुवाको छालासहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।